
पोखरा स्पोर्टस । गण्डकी प्रदेशको छात्रा भलिबल टिमले काठमाण्डौमा जारी १५ औं केन्द्रिय राष्ट्रपति रनिङ शिल्डमा काश्य पदक जितेको छ ।
गण्डकीले भर्खरै सम्पन्न तेस्रो स्थानका लागि भएको खेलमा बागमती प्रदेशलाई २–० को सोझो सेटमा पराजित गर्दै काश्य पदक जित्न सफल भएको हो ।
निकै प्रतिस्पर्धा रहेको फाइनल खेलमा गण्डकीले पहिलो सेट २५–२१ र दोस्रो सेट भने २५–२२ ले जितेको टोलीका प्रशिक्षक एवं सिनियर भलिबल खेलाडी लेखनाथ लसम्सालले पोखरा स्पोर्टसलाई जानकारी दिए ।
गण्डकीको टिममा युनिशा थापा, यमुना थापा, प्रियङ्का राना, अनुजा सारु, भावना छन्त्याल, अपेक्षा बि.क., पृथ्वी गाहा मगर, समिक्षा थापा, रुपा बि.क., सुचना भण्डारी रहेका थिए भने प्रशिक्षकमा लेखनाथ लम्साल र व्यवस्थापकमा कृष्ण गुरुङ रहेका थिए ।
