गण्डकी प्रदेश एथलेटिक्स टोलीको उत्कृष्ट प्रदर्शन, राष्ट्रपति रनिङ शिल्डमा १४ पदक

पोखरा स्पोर्टस । गण्डकी प्रदेश एथलेटिक्स टोलीले १५औं केन्द्रिय राष्ट्रपतिको रनिङ शिल्ड २०८२ अन्तर्गत शानदार प्रदर्शन गर्दै कुल १३ वटा पदक जित्न सफल भएको छ । टोलीले विभिन्न एथलेटिक्स इभेन्टमा प्रतिस्पर्धा गर्दै ३ स्वर्ण, ५ रजत र ६ कांस्य पदक हात पारेको हो ।  समग्रमा गण्डकी प्रदेशले एथलेटिक्सतर्फ तेस्रो स्थान हात पारेको छ । 

नारायणी भण्डारीले ८०० मिटर र १५०० मिटर दौडमा दुई स्वर्ण पदक जित्दै प्रदेशका लागि महत्वपूर्ण योगदान दिइन् भने प्रदीप महतोले लङजम्पमा स्वर्ण पदक जिते । जसमा नारायणीको व्यक्तिगत किर्तिमानी दौड समेत समावेश थियो । उनले २५ वर्ष अघिको किर्तिमान तोडेकी थिइन् ।

सबीना खातुन र विवेक महतोले लङजम्पमा रजत पदक प्राप्त गरे । त्यस्तै, ४x४०० मिटर र ४x१०० मिटर छात्र तथा छात्रा दुवै टिमले रजत पदक जित्दै प्रदेशको समुहगत प्रतिस्पर्धामा पनि सशक्त उपस्थिति जनाए ।

अनुस्का अधिकारीले १०० मिटर र २०० मिटर दौडमा कांस्य पदक जितिन् । सुदिप भण्डारी १०० मिटर, सदिप नेपालीले १५०० मिटर तथा ४x४०० मिटर छात्रा टिमले पनि कांस्य पदक जित्दै पदक तालिकामा उल्लेखनीय योगदान गरे ।

तर बादल कार्कीले जितेको स्वर्ण पदक भने उनी अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाएको भन्दै आयोजकले फिर्ता लिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close