
पोखरा स्पोर्टस । गण्डकी प्रदेशले छात्रातर्फ ४x१०० रिलेमा रजत पदक जितेको छ ।
काठमाण्डौमा जारी १५औं केन्द्रिय राष्ट्रपति रनिङ्ग शिल्डमा शुक्रबार बिहान सम्पन्न रिलेमा गण्डकीले रजत पदक जित्न सफल भएको हो ।
गण्डकीको रिले टिमका अनुस्का अधिकारी, एन्जल अधिकारी, निशा घर्ती र सविना खातुनको टिमले रजत पदक जित्न सफल रहेको प्रशिक्षक सिद्धान्त अधिकारीले पोखरा स्पोर्टसलाई जानकारी दिए ।
सो रिलेमा बागमती प्रदेशले स्वर्ण पदक जितेको छ । बागमतीले ५१.९ सेकेण्डको समयमा दौड पुरा गर्दा गण्डकीले ५३.९ सेकेण्डमा दौड पुरा गरेको थियो । सोही प्रतियोगितमा सुदुर पश्चिमले काश्य पदक जितेको छ ।
