१५औं राष्ट्रपति रनिङ शिल्डमा गण्डकी भलिबल टिम फाइनलमा

पोखरा स्पोर्टस । काठमाण्डौमा जारी १५औं केन्द्रिय राष्ट्रपति रनिङ शिल्डमा गण्डकी प्रदेश भलिबल टिम फाइनलमा प्रवेश गरेको छ ।

छात्रतर्फ गण्डकी प्रदेशले सेमीफाइनलमा कर्णाली प्रदेशलाई २–० सोझो सेटमा पराजित गरी फाइनलमा प्रवेश गरेको गण्डकी टिमका प्रशिक्षक तेजेन्द्र बानियाले पोखरा स्पोर्टसलाई जानकारी दिए ।

भर्खरै सम्पन्न सेमीफाइनलमा गण्डकीले २५–१९ र २५–१२ ले कर्णाली विरुद्ध सहज जित निकालेको प्रशिक्षक बानियाले जनाए ।

गण्डकी प्रदेशको भलिबल टिम सन्तुलित टिम रहेको जनाउँदै अब फाइनलमा लुम्बिनी विरुद्ध खेल्ने म्याग्दी भलिबल संघका अध्यक्ष समेत रहेका बानियाँले बताए ।

गण्डकीको टिमले सेमीफाइनलमा उत्कृष्ट प्रदर्शन गरेकोले पनि फाइनलमा सोही अनुरुपको खेललाई जारी राख्ने गरी टिमलाई प्रशिक्षण गराएको प्रशिक्षक बानियाले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close