
पोखरा स्पोर्टस । विभागिय टोली नेपाल पुलिस क्लव र न्यु डायमण्ड स्पोर्टस क्लव पोखरामा जारी प्रचण्ड कप राष्ट्रिय महिला भलिबल प्रतियोगिता २०८२ को अन्तिम चारमा प्रबेश गरेका छन् ।
पोखरा रंगशालाको कभर्डहलमा आज (बुधबार) सम्पन्न खेलमा दुबै टोलीले शानदार जित हासिल गर्दै अन्तिम चारमा यात्रा तय गरेका हुन् ।
समुह ‘ए’ को दोस्रो खेलमा पुलिसले स्टेप रामपुरलाई र अर्को खेलमा न्यु डायमण्डले घरेलु टिम गण्डकीलाई ३–० को सोझो सेटमा पराजित गर्दै सेमिफाइनलमा स्थान पक्का गरे ।
पुलिसले निरशपूर्ण खेलमा स्टेप रामपुरलाई २५—७, २५—९ र २५—९ को सहज जित दर्ता गरेको छ । पुलिसले मंगलबार भएको उद्घाटन खेलमा अर्को विभागीय टोली एपिएफ क्लबलाई ३–० ले पराजित गरेको थियो ।
बुधबार भएको अर्को खेलमा न्यु डायमण्डले नेपाली टिमकी कप्तान अरुणा शाहीकै कप्तानीमा यूवा खेलाडीहरुका साथ मैदानमा उत्रिएको गण्डकीले भने राष्ट्रिय खेलाडीले भरिएका डायमण्डसंग हार व्यहोरोको छ । न्यु डायमण्डले गण्डकीलाई २५—८, २५—१० र २५—१२ को सोझो सेटमा पन्छाएको हो ।
भोलि (विहिबार) लिग चरणका दुई खेल हुने भएको छ । पहिलो खेल दिउँसो ३ः०० बजे एपिएफ बिरुद्ध स्टेप रामपुर र अर्को खेल ५ः०० बजे गण्डकी बिरुद्ध एभरेष्ट भलिबल क्लब बिच खेल हुने भएको नेशनल स्पोट्र्स एकेडेमीका अध्यक्ष दिपक कोइरालाले जानकारी दिए ।
प्रतियोगितामा विजेता टिमले ६ लाख रुपैयाँ, उपविजेताले ३ लाख, तेस्रो हुने टिमले १ लाख रुपैयाँको साथमा ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गर्ने भएको छ । साथै उत्कृष्ट खेलाडीलाई ३० हजार र अन्य विधामा उत्कृष्ट प्रशिक्षक, सटर, ब्लकर, लिब्रो, सर्वर र स्पाइकर लगायत विभिन्न विधामा उत्कृष्ट हुनेलाईे जनही २० हजार रुपैयाँ पुरस्कार प्रदान गरिने भएको छ ।
