
पोखरा स्पोर्टस । १५औं राष्ट्रपति राष्ट्रपति रनिङ शिल्ड अन्तर्गत भर्खरै सम्पन्न भलिबल खेल तर्फ गण्डकीले विजयी सुरूवात गरेको छ ।

काठमाण्डौमा जारी केन्द्रिय राष्ट्रपति रनिङ शिल्डमा गण्डकीले छात्रतर्फ बागमती प्रदेश तथा छात्रातर्फ लुम्बिनी संग बिजयी भएका हुन् ।
सम्पन्न प्रतियोगितामा गण्डकीले सोझो सेटमा २–० ले सहज जित निकालेको हो । छात्रतर्फका प्रशिक्षक तेजेन्द्र बानियाँका अनुसार गण्डकीले २५–१७ र २५–११ ले आफ्नो पहिलो खेल जितेको हो ।
त्यसै गरी छात्रातर्फ भएको खेलमा लुम्बिनी संग गण्डकीले २–१ ले जित दर्ता गरेको छात्रातर्फ टिमका प्रशिक्षक लेखनाथ लम्सालले पोखरा स्पोर्टसलाई जानकारी दिए ।
पहिलो सेट २२–२५ ले गुमाएको खेलमा गण्डकीले पछिल्ला दुई सेट २५–२१ र १५–११ ले जित्दै पहिलो चरणमा उत्कृष्ट खेल प्रदर्शन गरेको प्रशिक्षक लम्सालले जानकारी दिए ।
गण्डकीले भोली छात्रतर्फ सुदुर पश्चिम संग र छात्रातर्फ कर्णाली प्रदेश संग खेल्ने छ । भोली नै सेमीफाइनलका खेलहरु समेत हुने प्रशिक्षक बाँनियाले जानकारी दिए ।
