
पोखरा स्पोर्टस । १५०० मिटर दौडमा गण्डकी प्रदेशका बादल कार्की र नारायणी भण्डारीले स्वर्ण पदक जितेका छन् ।
काठमाण्डौ दशरथ रंगशालामा आजबाट सुरू भएको केन्द्रिय राष्ट्रपति रनिङ्ग शिल्डमा बादल र नारायणीले स्वर्ण पदक जितेका हुन् ।
छात्रतर्फ बादलले १५०० मिटर दौड ४ मिनेट १३.४८ सेकेण्डमा पुरा गरी स्वर्ण पदक जित्दा छात्रातर्फ नारायणीले ५ मिनेट ०४.२७ सेकेण्डमा दौड पुरा गरी स्वर्ण पदक जितेको गण्डकी प्रदेश एथलेटिक्स संघका महासचिव मन बहादुर थापाले पोखरा स्पोर्टसलाई जानकारी दिए ।
काठमाण्डौमा सुरू भएको राष्ट्रपति रनिङ शिल्डमा यो पटक गण्डकीले अपेक्षा अनुरुप उत्कृष्ट प्रदर्शन गर्ने कास्की एथलेटिक्सका सचिब सिद्धान्त अधिकारीले जनाएका छन् ।
