कोलम्बियासँग बराबरीमा रोकियो अर्जेन्टिना

पोखरा स्पोर्टस । अर्जेन्टिना कोलम्वियासँग बराबरीमा रोकिएको छ ।

दक्षिण अमेरिकी विश्वकप फुटबल छनौट अन्तर्गतको खेलमा अर्जेन्टिना कोलम्बियासँग १–१ गोलको बराबरीमा रोकिएको हो ।

कोलम्बियाले खेलको २४औं मिनेटमा लुइस डियाजको गोलमा अग्रता लिएको थियो । तर खेलको ८१औं मिनेटमा अर्जेन्टिनाका थियागो अल्माडाले गोल गर्दै खेल बराबरी गरेका थिए ।

यस खेलमा खेलको ७०औ मिनेटमा इन्जो फेर्नानडेजले रातो कार्ड पाएपछि अर्जेन्टिना १० खेलाडीमा सिमित भएको थियो ।

यो बराबरीपछि कोलम्बियाको १६ खेलमा २२ भएको छ र अंक तालिकामा छैटौं स्थानमा रहेको छ ।

त्यस्तै अर्जेन्टिनाको बहने १६ खेलमा ३५ अंक भएको छ र अंक तालिकामा शिर्ष स्थानमा छ । अर्जेन्टिना यस अघि नै दक्षिण अमेरिकी क्षेत्रबाट विश्वकपमा छनौट भइसकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close