एसियन कप छनौट : नेपाल लाओससँग २–१ ले पराजित

पोखरा स्पोर्टस । नेपाली राष्ट्रिय फुटबल टिम लाओससँग पराजित भएको छ । न्यू लाओस नेशनल स्टेडियममा मंगलबार साँझ सम्पन्न एएफसी एसियन कप २०२७ छनोट अन्तर्गतको खेलमा नेपाल २–१ गोल अन्तरले पराजित भएको हो ।

लाओसको जितमा दामोथ थोंगखामसाभाथ र पीटर पान्थाभोंगले एक–एक गोल गरेका थिए । नेपालका लागि एक गोल मनिष डागीले पेनाल्टी मार्फत गरेका थिए ।

लाओसको नेपालमाथि यो अहिलेसम्मकै पहिलो जित हो । यसअघि भएका ७ खेलमा नेपाल ५ खेलमा विजयी भएको थियो भने २ खेल बराबरी भएका थिए ।

एएफसी छनौट अन्तर्गत नेपालले पहिलो खेलमा मलेसियासँग २–० को हार बेहोरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close