गण्डकी प्रदेशस्तरीय पुरूष टि–२० जेठ ३१ बाट हुने

पोखरा स्पोर्टस । गण्डकी प्रदेशस्तरीय पुरूष टि–२० क्रिकेट प्रतियोगिता यहि जेठ ३१ गते देखि असार ५ गते सम्म पोखरामा हुने भएको छ ।

प्रादेशिक क्रिकेट संघ गण्डकीद्वारा आयोजित तेस्रो संस्करणको उक्त प्रतियोगितामा सहभागिताका लागि ११ वटै जिल्लालाई पत्रचार गरीएको संघका अध्यक्ष सञ्जयकान्त सिग्देलले पोखरा स्पोर्टसलाई जानकारी दिए ।

प्रदेश खेलकुद परिषद गण्डकीको सहकार्यमा आयोजना हुने उक्त प्रतियोगितामा उपाधि विजेता टिमलाई नगद रु १ लाख र उपविजेता टिमलाई नगद ५० हजारका साथमा ट्रफी, मेडल तथा प्रमाणपत्र प्रदान गरिने छ ।

त्यस्तै प्रतियोगितामा उत्कृष्ट हुने खेलाडीलाई नगद रु ४ हजार तथा उत्कृष्ट व्याटर, बलर तथा प्रतियोगिताको उदियमान खेलाडीलाई जनही नगद रु २–२ हजारका साथमा ट्रफी प्रदान गरिने आयोजकले जनाएको छ । हरेक खेलमा प्लेयर अफ दि म्याच हुने खेलाडीलाई ट्रफी सहित नगद रु १ हजार प्रदान गरिने अध्यक्ष सिग्देलले जानकारी दिए ।

संघले प्रतियोगिता सम्पन्न गर्न क्यानका पुर्व केन्द्रिय सदस्य ऋषीराम गौतमलाई संयोजक तोकेको छ ।

One Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close