
पोखरा स्पोर्टस । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले ५ पुरुष र २ महिला गरी ७ क्रिकेटरलाई ‘हल अफ फेम’मा समावेश गरेको छ ।
आईसीसीले भारतीय पुर्व कप्तान महेन्द्र सिंह धोनीसहित अष्ट्रेलियाका म्याथ्यू हेडेन, दक्षिण अफ्रिकाका हाशिम अमला दक्षिण अफ्रिकाकै ग्रीम स्मिथ र न्यूजील्याण्डका डेनियल भेटोरीलाई ‘हल अफ फेम’ मा समावेश गरेर सम्मान गरेको छ ।
त्यस्तै महिला क्रिकेटरमा पाकिस्तानकी साना मिर र इङ्गल्याण्डकी सारा टेलरलाई हल अफ फेमु सम्मानको सूचीमा समावेश गरिएको छ ।
के हो ‘हल अफ फेम’ सम्मान ?
आइसीसीले सन् २००९ को जनवरीमा क्रिकेटमा खेलाडीहरुले गरेको योगदानलाई सम्मान गर्न हल अफ फेमको सुरुवात गरेको थियो । सुरुमा ५५ खेलाडीलाई सम्मान गर्दै यो सुची जारी गरिएको थियो ।
त्यसपछि हरेक बर्ष आइसीसी अवार्ड घोषणा गर्दा हल अफ फेममा समावेश हुने खेलाडीको सुची जारी गर्ने गरेको छ ।
यस सूचीमा अहिलेसम्म इङल्याण्डका धेरै ३४ खेलाडी रहेका छन् भने अस्ट्रेलियाका ३०, वेस्टइन्डिजका २१, भारतका ११, दक्षिण अफ्रीकाका ९, पाकिस्तानका ८, न्युजील्याण्ड र श्रीलंका ४(४ र जिमब्बेका एक गरि कुल १२२ खेलाडीले अहिलेसम्म आइसीसीको ुहाल अफ फेमु सम्मान पाएका छन् ।
