ओलम्पियन श्रेष्ठ इन्टरनेसनल एथलेट्स फोरममा सहभागी हुने

पोेखरा स्पोर्टस । नेपाली धाविका ओलम्पियन सन्तोषी श्रेष्ठ १२औँ इन्टरनेसनल एथलेट्स फोरममा सहभागी हुने भएकी छन् ।

जुन ११ र १२, २०२५ मा स्विट्जरल्याण्डको लुजनमा आयोजना हुने १२औं इन्टरनेसनल एथलेट्स फोरममा श्रेष्ठले भाग लिने भएकी हुन् ।

पूर्वमन्त्री तथा नेपाल ओलम्पिक समितिका अध्यक्ष जीवनराम श्रेष्ठले ओलम्पियन श्रेष्ठलाई बिदाइ गरेका छन् ।

कार्यक्रममा एनओसीका उपाध्यक्ष अशोक बज्राचार्य, एनओसीका सचिव रामकृष्ण श्रेष्ठ बोस र एनओसीका कार्यकारी सचिव सुजनलाल श्रेष्ठ उपस्थित थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close