डेभिड बेकह्यामले ‘नाइटहुड’ को उपाधि पाउँदै

पोखरा स्पोर्टस । इङल्याण्डका पुर्व फुटबलर डेभिड बेकह्यामले ‘नाइटहुड’ को उपाधि पाउने भएका छन् ।  

बिबिसीका अनुसार ५० वर्षीय बेकह्यामलाई राजा चार्ल्सले आफ्नो जन्मदिनको अवसरमा ‘नाइटहुड’ को सम्मान दिन लागेका हुन् । इङल्याण्डका पुर्ब फुटबल कप्तानलाई २००३ मा ब्रिटिश साम्राज्यको अर्डर (ओबिई) को अधिकारी नियुक्त गरिएको थियो ।

अब बेकह्यामले आफ्नो फुटबल करियर र ब्रिटिश समाजमा गरेको विशेष योगदानका लागि थप सम्मान पाउने लाइनमा रहेका छन् ।

बेकह्यामले आफ्नो देशका साथै म्यानचेस्टर युनाइटेड, रियल म्याड्रिड, एलए ग्यालेक्सी, पेरिस सेन्ट(जर्मेन र एसी मिलानका लागि फुटबल खेलेर २०१३ मा अवकाश लिएका थिए ।

बेकह्यामलाई पहिलो पटक २०११ मा नाइटहुड उपाधिको लागि मनोनयन गरिएको बताइएको छ । बेकह्यामले लन्डन २०१२ ओलम्पिक सुरक्षित गर्न महत्वपूर्ण भूमिका खेलेका थिए भने २००५ देखि युनिसेफका लागि राजदूत रहेका छन् । विश्वभरका कमजोर बालबालिकाहरूलाई सहयोग गर्ने युनिसेफले २०१५ मा दुई बीचको दशकको साझेदारीको सम्झनामा ‘द डेभिड बेकह्याम युनिसेफ फन्ड’ सुरु गरेको थियो ।

बेकह्याम २०२४ मा द किंग्स फाउन्डेसनको लागि राजदूत बनेका थिए, जसले किंग चार्ल्सको शिक्षा कार्यक्रम र युवाहरूलाई प्रकृतिको बारेमा बढी बुझाइ सुनिश्चित गर्ने प्रयासहरूलाई समर्थन र प्रचारको काम गरिरहेका छन् ।

बेकह्याम हाल लिग टु साइड साल्फोर्ड सिटीका शेयर होल्डर हुन् भने अमेरिकाको मेजर लिग सकर टिम इन्टर मियामीका अध्यक्ष र सह–मालिक पनि हुन् । साथै उनले इन्टर मियामी सीएफ फाउन्डेसन स्थापना गरेका छन् र समुदायमा फुटबललाई उत्प्रेरकको रूपमा प्रयोग गर्दै विपन्न समुदायहरूलाई सशक्त बनाउने काम गर्दछ ।

नाइटहुडको सम्मान बेलायतमा समाजमा विशेष योगदान गर्ने व्यक्तिलाई राजाले दिने गर्दछन् । यो सम्मानपछि बेलायतमा उनीहरुको नामको अगाडी ‘सर’ लेख्ने गरिन्छ । एभरेष्ट न्यूज एजेन्सी

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close