इक्वेडरसँग गोलरहित बराबरीमा रोकियो ब्राजिल

पोखरा स्पोर्टस । दक्षिण अमेरिकी विश्वकप छनौट अन्तर्गतको खेलमा ब्राजिल बराबरीमा रोकिएको छ ।

शुक्रबार बिहान सम्पन्न खेलमा ब्राजिल इक्वेडरसँग गोलरहित बराबरीमा रोकिएको हो ।

मुख्य प्रशिक्षक बनेका कार्लो एन्सेलोट्टीको पहिलो खेलमा ब्राजिल जित विहिन बनेको छ ।

यो जितपछि ब्राजिलको १५ खेलमा २२ अंक रहेको छ र अंक तालिकामा चौथो स्थानमा रहेको छ । त्यस्तै इक्वेडरको १५ खेलमा २४ अंक रहेको छ र दोस्रो स्थानमा रहेको छ ।

अब ब्राजिलले विश्वकप छनौट अन्तर्गत अर्को खेल जुन ११ मा पराग्वेसँग खेल्ने तालिका रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close