नेदरल्याण्डसले नेपाललाई दियो २२६ रनको लक्ष्य

पोखरा स्पोर्टस । नेदरल्याण्डसले नेपाललाई २२६ रनको लक्ष्य दिएको छ ।

आइसीसी एकदिवसीय क्रिकेट विश्वकप लिग २ अन्तर्गतको सिरिजको यो खेलमा टस हारेर पहिला ब्याटिंग गरेको नेदरल्याण्डसले ४९.१ ओभरमा अल आउट हुदै २२५ रन बनाएको हो ।

नेदरल्याण्डसका लागि नोह क्रोएसले सर्बाधिक ४८ रन बनाए भने रोएलोग भान डेर मेर्वेले २१, कप्तान स्कट एड्वार्ड्सले ४६, विक्रमजित सिंहले ३८ र जाच लायन काचेटले २७ रन बनाएका थिए ।

त्यसैगरी नेपाली बलर सोमपाल कामीले ३ विकेट लिए भने ललित राजबंशी, सन्दीप लामिछाने र करण केसीले २-२ विकेट लिएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close