स्कटल्याण्डले नेपाललाई दियो २९७ रनको लक्ष्य

पोखरा स्पोर्टस । स्कटल्याण्डले नेपाललाई २९७ रनको लक्ष्य दिएको छ । आइसीसी एकदिवसीय विश्वकप लिग २ अन्तर्गतको खेलमा टस हारेर पहिला ब्याटिंग गरेको स्कटल्याण्डले ५० ओभरमा ७ विकेट गुमाउदै २९६ रन बनाएको हो ।

स्कटल्याण्डका लागि चार्ली टीरले सर्बाधिक ८० रन बनाए भने फिनाली म्याकरीथले ५५ रन बनाएका थिए । त्यस्तै कप्तान रिची बेरिंगटनले ४० र म्याथ्यु क्रसले ३९ रन बनाएका थिए ।

त्यसैगरी नेपाली बलर रिजन ढकाल, करण केसी र सोमपाल कामीले २(२ विकेट लिएका थिए भने सन्दीप लामिछानेले एक विकेट लिए ।

अब केहीबेरमा नेपालले जवाफी ब्याटिंग गर्दैछ ।
एभरेष्ट न्यूज एजेन्सी

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button
Close
Close