
पोखरा स्पोर्ट्स । अल नासरले साउदी प्रो लिग अन्तर्गत अल नाजमामाथि शानदार जित हासिल गरेको छ । गएराती सम्पन्न खेलमा अल नासरले अल नाजमालाई ५-२ गोल अन्तरले पराजित गरेको हो ।
इन्जुरी पछि मैदानमा फर्किएका क्रिस्टियानो रोनाल्डोले यस खेलमा २ गोल गरेका थिए । त्यस्तै साडियो माने र अब्दुल्लाह अल हाम्दानले एक गोल गरेका थिए । यस खेलमा गरेको दुई गोलसहित रोनाल्डोको क्यारियर गोल संख्या ९६६ पुगेको छ ।
त्यस्तै अल नाजमाका लागि राक्न राजेह अलतुलायही र फेलिप कारडोसोले एक एक गोल गरेका थिए ।
यो जितपछि अल नासरको साउदी लिगमा २७ खेलमा ७० अंक भएको छ र शिर्ष स्थानमा कायम छ । त्यस्तौ अल नाजमको भने २७ खेलमा ८ अंक मात्र रहेको छ ।