मुम्बईलाई हराउदै पञ्जाव आइपिएलको फाइनलमा, बैंगलुरु संग उपाधि भिडन्त

पोखरा स्पोर्टस । पञ्जाव किंग्स आइपिएलको फाइनलमा पुगेको छ । गएराती सम्पन्न दोस्रो क्वालिफायरमा मुम्बई इण्डियन्सलाई ५ विकेटले पराजित गर्दै पञ्जाव फाइनलमा पुगेको हो ।

मुम्बईले दिएको २०४ रनको लक्ष्य पछाएको पञ्जावले १९ ओभरमा ५ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो । पञ्जावको जितमा कप्तान श्रेयस अय्यरले अविजित ८७ रन बनाएका थिए भने नेहाल बढेराले ४८, जोश इंगलिसले ३८ र प्रियांश आर्याले २० रन बनाएका थिए ।

यसअघि टस हारेर पहिला ब्याटिंग गरेको मुम्बईले २० ओभरमा ६ विकेट गुमाउदै २०३ रन बनाएको थियो । मुम्बईका लागि तिलक बर्मा र सूर्यकुमार यादवले ४४/४४ रन बनाएका थिए भने जोनी बैरस्टोवले ३८ र नमन धिरले ३७ रन बनाएका थिए ।

योसँगै पञ्जाव किंग आफ्नो आइपिएल इतिहासमा दोस्रो पटक फाइनलमा पुगेको छ । यसअघि २०१४ मा उपविजेता बनेको पञ्जाव त्यसपछि नै यसपटक प्लेअफ हुदै फाइनलमा पुगेको छ ।

अब मंगलबार हुने फाइनलमा पञ्जाव किंग्सले रोयल च्यालेन्जर्स बैंगलुरुको सामना गर्ने छ ।
एभरेष्ट न्यूज एजेन्सी

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close