‘सुप्रिम’को नेतृत्वमा गण्डकी यू–१६ यूवा क्रिकेट टोलीको घोषणा

पोखरा स्पोर्टस । यूवा खेलाडी सुप्रिम सुनारको नेतृत्वमा १४ सदस्यिय क्रिकेट टोलीको घोषणा गरिएको छ । प्रादेशिक क्रिकेट संघ गण्डकीले यहि १९ गतेबाट कर्णालीको सुर्खेतमा आयोजना हुने ‘पुरूष यू–१६ राष्ट्रिय क्रिकेट प्रतियोगिता’का लागि अन्तिम चरणको खेलाडी छनौट गरेको अध्यक्ष सञ्जयकान्त सिग्देलले जानकारी दिएका हुन् । छनौट भएका खेलाडीहरु आज नै सुर्खेत प्रस्थान गरेको उनले जनाएका छन् ।

प्रतियोगितामा सहभागिताका लागि सुप्रिम सुनार (कप्तान), शैलेस काफ्ले, राज परियार, समिर न्यौपाने, रमित कँडेल, प्रतिक रावल, करण गैरे, रोज श्रेष्ठ, शुसिल भुसाल, विनय कार्की, सुजन अर्याल, भुवन भट्टराई, रिदम पाण्डे र अनिश रावत रहेका छन् । टोलीको प्रशिक्षकमा पूर्व राष्ट्रिय खेलाडी दिपेश खत्री सहायक प्रशिक्षकमा अभिषेक ढकाल रहेका छन् । 

गण्डकीले आफ्नो पहिलो खेल २० गते लुम्विनी प्रदेश संग भेट पक्का गरेको । नेपाल क्रिकेट संघको आयोजनामा सुरू हुने प्रतियोगितामा सात प्रदेश सहभागिता रहेको छ । प्रतियोगिता राउण्ड रोविनका आधारमा सञ्चालन हुनेछ । प्रतियोगितामा एक टिमले कम्तिमा ६ टिम संग प्रतिस्पर्धा गर्नेछ । प्रतियोगिता यहि जेठ ३१ गते सम्म सञ्चालन हुनेछ ।

यसै बीच आजबाट सुरू हुने भनिएको जुनियर राष्ट्रिय प्रतियोगिता अन्तर्गत हुने यू–१४ जुनियर क्रिकेट देशभर सुरू भएको सार्वजनिक यातयात हडतालका कारण स्थागित हुन पुगेछ । उक्त प्रतियोगिता अव जेठ २६ गतेबाट सुरू हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close