गण्डकी प्रदेशस्तरीय आईटीएफ तेक्वान्दोमा स्याङ्जा टिम च्याम्पियन

पोखरा स्पोर्टस । बागलुङको बुर्तिबाङमा सम्पन्न पाँचौं गण्डकी प्रदेश स्तरीय आईटीएफ तेक्वान्दो प्रतियोगितामा स्याङजा टिम च्याम्पियन भएको छ । यो सहित स्याङजाको लगातार तेस्रो जित हो । यो जित संगै स्याङजाले ह्याट्रिक गरेको गण्डकी प्रदेश आइटिएफ तेक्वान्दोका अध्यक्ष घम बहादुर थापाले जानकारी दिए ।

गण्डकी प्रदेशका विभिन्न ६ जिल्लाका टिमहरू र आयोजक टिमको सहभागिता रहेको प्रतियोगितामा स्याङ्जा टिमले १५ स्वर्ण, ३ रजत र ७ कास्य पदक जित्दै च्याम्पियन बन्न सफल भयो । त्यस्तै, तनहुँले ७ स्वर्ण, ४ रजत र ९ कास्य पदकसहित दोस्रो स्थान हासिल गर्‍यो । आयोजक बागलुङले ४ स्वर्ण, ५ रजत र ११ कास्य पदकसहित तेस्रो स्थान प्राप्त गर्‍यो ।

महिला वेस्ट प्लेयरमा स्याङ्जाकी अहोम गुरुङ र पुरुष तर्फ तनहुँका सालाका श्रेष्ठ उत्कृष्ट खेलाडी घोषित भए ।

समापन समारोहमा ढोरपाटन नगरपालिकाका कार्यवाहक मेयर धन बहादुर कायत प्रमुख अतिथिको रूपमा उपस्थित रहे । उनले खेल क्षेत्रले व्यक्तिमा अनुशासन र क्षमताको वृद्धि गर्ने भन्दै खेलाडीहरू राष्ट्रका गहना भएको उल्लेख गरे । ढोरपाटन नगरपालिका २ का अध्यक्ष भेक बहादुर खत्रीले खेल क्षेत्रको विकासले मात्र देशको विकास सम्भव हुने धारणा व्यक्त गरे ।

कार्यक्रम आईटीएफ तेक्वान्दो संघ बागलुङका अध्यक्ष प्रतीक घर्ती मगरको अध्यक्षतामा सम्पन्न भएको थियो । कार्यक्रममा आईटीएफ तेक्वान्दो केन्द्रिय महासचिव तथा गण्डकी प्रदेश अध्यक्ष थापा, वडा अध्यक्ष भेक बहादुर खत्री, वडा नम्बर १ का कार्यवाहक अध्यक्ष अन्जु वि.क, जिल्ला खेलकुद विकास समितिका सदस्य सरोज घर्ती लगायत पत्रकार, प्रहरी, प्रशिक्षक, रेफ्रीहरूको उपस्थिति थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close