
पोखरा स्पोर्टस । इङल्याण्डले वेस्ट इण्डिजविरुद्धको एकदिवसीय सिरिजमा विजयी शुरुवात गरेको छ । गएराती सम्पन्न खेलमा इङल्याण्डले वेस्ट इण्डिजलाई २३८ रनको फराकिलो अन्तरले पराजित गरेको हो ।
इङल्याण्डले दिएको ४०१ रनको लक्ष्य पछाएको वेस्ट इण्डिज २६.२ ओभरमा १६२ रन बनाएर अल आउट भएको थियो ।
वेस्ट इण्डिजका लागि जयदेन सिलसले सर्बाधिक २९ रन बनाए भने कप्तान शाइ होपले २५, कीची कार्टीले २२ रन बनाएका थिए । त्यसैगरी इङल्याण्डका बलर सकिब महमूद र जामी ओभरटनले ३/३ विकेट लिएका थिए । त्यस्तै आदील रसिदले २ तथा ब्रिडोन कार्स र जाकोब बेथलले एक एक विकेट लिए ।
यस अघि टस हरेर पहिला ब्याटिंग गरेको इङल्याण्डले ५० ओभरमा ८ विकेट गुमाउदै ४०० रन बनाएको थियो ।
इङल्याण्डका लागि जाकोब बेथेलले सबधिक ८२ रन बनाएका थिए भने बेन डकेटले ६०, कप्तान ह्यारी ब्रुकले ५८, जो रुटले ५७, विल ज्याकले ३९, जामी स्मिथ र जोस बटलरले ३७/३७ रन बनाएका थिए ।
त्यस्तै वेस्ट इण्डिजका बलर जयदेन सील्सले सर्बाधिक ४ विकेट लिए भने अल्जारी जोसेप र जस्टिन ग्रीभ्सले २/२ विकेट लिए ।
यो जितपछि इङल्याण्ड ३ खेलको एकदिवसीय सिरिजमा १(० ले अगाडी भएको छ । अब सिरिजको दोस्रो खेल आइतबार हुने छ ।
एभरेष्ट न्यूज एजेन्सी
