आइपिएलको इलिमिनेटरमा मुम्बई र गुजरात भिड्दै

पोखरा स्पोर्टस । आज जारी आइपिएलको इलिमिनेटरको खेल हुँदैछ ।

इलिमिनेटरमा मुम्बई इण्डियन्स र गुजरात टाइटन्सबीच खेल हुदैछ । पञ्जावको मुहालीमा हुने यो खेल नेपाली समय अनुसार ७ः४५ बजेदेखि शुरु हुदैछ ।

गुजरात र मुम्बई अंक तालिकामा तेस्रो र चौथो भएपछि इलिमिनेटर खेल्न लागेका हुन् । यस खेलको विजेताले दोस्रो क्वालिफायरमा पञ्जाव किंग्सको सामना गर्ने छ भने हार्ने टिमको आइपिएल यात्रा टुंगिने छ ।

यस आइपिएलको लिग चरणमा मुम्बई र गुजरातबीच भएको खेलमा गुजरातले ३ विकेटको जित हासिल गरेको थियो ।

जारी आइपिएलमा रोयल च्यालेन्जर्स बैंगलुरु पञ्जावलाई हराउदै फाइनलमा पुगेको छ ।
एभरेष्ट न्यूज एजेन्सी

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close