पोखरा घुम्न आउँदा खेलकुद मन्त्री र सदस्य सचिबका गफ ठूला ! बजेट भने शुन्य

पोखरा स्पोर्टस । नेपाली खेलकुदका नेतृत्व तहमा बसेका नेताहरुलाई भ्रमणका लागि मुख्य थलो हो । पोखरा आयो दुई चार जना पत्रकार भेला गर्यो गफ चुट्यो । तर बजेट भने शुन्य । पोखरेलीहरु पटक–पटक ठगिएका छन् । अर्थमन्त्री विष्णु प्रसाद पौडेलले करिव ३ घन्ट लगाएर संसदमा देशको बजेट पढे । पोखरेलीहरु पनि कान थापेर सुने । देशका सबै रंगशालालाई बजेट आयो तर पोखरा रंगशाला छुट्यो ।

आर्थिक वर्ष २०८२/०८३ को बजेटमा खेलकुद क्षेत्रले अपेक्षा गरे भन्दा दोब्बर बजेट विनियोजन भएको छ । यो खुसीको विषय हो । तर सन २०२७ मा महिला यू १९ विश्वकपको पर्खाईमा रहेको पोखरा रंगशाला स्थित क्रिकेट खेल मैदानमा बजेट आएन । अर्थमन्त्री पौडेलले देशका आधा दर्जन भन्दा बढि क्रिकेट रंगशालाको नाम उच्चारण गर्दा पोखराको नआउनुमा धेरैको जिज्ञासा समेत रह्यो ।

पोखरा क्रिकेट खेल मैदान नेपालको मात्रै नभई विश्वकै १० उत्कृष्ट क्रिकेट खेल मैदानमा एक हो । संघिय सरकार यूवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरी जेठ १० गते पोखरा आए । उनी रंगशाला छिरे लगतै क्रिकेटको मैदान अवलोकन गर्छु भने । अवलोकन गरे फर्किए । तर बजेट आएन । उनी आए गए ।

पोखरा पर्यटनको थलो बनाएका मन्त्रालय र राखेपका नेतृत्व तहमा रहेका हरुले पोखराको बजेटको विषयमा चुइक्क समेत नवोल्नु दुःखद विषय हो ।

मन्त्री र सदस्य सचिब आउँदा विमानस्थलमा खादा लिएर स्वागतमा पुग्ने पर्ने परिस्थती पञ्चायत कालिन खेलकुद भन्दा कम भने छैन । तर उनीहरु आउँदा जसरी स्वागत र सत्कार हुन्छ त्यसरी पोखराको लागि पनि खेलकुद बजेट आयो भने स्वागतको सार्थकता रहने थियो की ?
तस्विरः सुदर्शन रञ्जित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close