पोखरामा गण्डकी प्रदेशस्तरीय ११ औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता शुरु, खेलकुदमा संघियता आउन सकेन : मुख्यमन्त्रि गुरुङ (फोटो पिचर/भिडियो सहित)

पोखरा, २६ असार । पश्चिमाञ्चल क्षेत्रिय खेलकुद बिकास समितीको आयोजनामा गण्डकी प्रदेशस्तरीय ११ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता पोखरामा शुरु भएको छ ।

दुई दिन सम्म सञ्चालन हुने प्रतियोगिताको उद्घाटन गर्दै गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले देशका धेरै जसो क्षेत्रमा संघीयता आईसक्दा समेत खेलकूदमा संघीयता आउन नसकेको बताएका छन ।

संघ र प्रदेश सरकारका बीचमा खेलकुद बिकासमा संरचनागत समन्वय नहुँदा खेल क्षेत्रमा निरासाजनक परिणाम आएको प्रति ईगित गर्दै मुख्य मन्त्रि गुरुङले भने–‘प्रदेश र संघीय सरकारका बीचमा समन्वय नहुँदा विगतका खेलकूद संरचनाले गर्दानै खेलकुद अघि बढ्न सकेको छैन ।’

मुख्य मन्त्रि गुरुङले अर्को एक प्रसंगमा पोखरालाई पर्यटकीय राजधानीमात्र नभएर खेलकूदको समेत राजधानी बनाउन प्रदेश सरकार लागिपरेको बताउँदै भने–‘गण्डकी प्रदेश पर्यटकीय प्रदेश र पोखरा पर्यटकीय राजधानीमात्र नभएर खेलकूदको राजधानी बनाउनुपर्दछ भनेर सरकार लागि परेको छ अब केही नीतिगत काम गर्न बाँकी छ ।’

मुख्यमन्त्री गुरुङले आगामी दिनमा संस्थागत र संरचनागत हिसाबले अघि बढेर खेलकूदलाई व्यावसायीकरण गर्ने र खेलाडी, निर्णायक तथा प्रशिक्षकलाई खेल क्षेत्रमा टिकाईरहने गरी सरकारले काम गर्ने बताए ।

सो अबसरमा सामाजिक विकास मन्त्री नरदेवी पुनले खेलकूदको विकासका लागि खेलकूद एकेडेमी स्थापना गर्नका लागि सरकारले आगामी वर्ष बजेट विनियोजन गरेको र एकेडेमी स्थापना गरेर सरकार खेलकुद बिकासका लागि अघि बढ्ने बताइन । उनले प्रदेश तथा केन्द्रीय राष्ट्रपति रनिङ शिल्डमा विजयी भएर प्रदेश तथा खेल क्षेत्रले शीर उचो बनाउने काम गर्न खेलाडीसँग आग्रह गरिन ।

कर्यक्रममा बोल्दै राष्ट्रिय खेलकूद परिषद्का सदस्य राजेशकुमार गुरुङले सङ्घीयता आईसक्दा समेत खेलाडी तथा प्रशिक्षकको जीवनमा परिर्वतन आउन नसकेको उल्लेख गरे ।

प्रतियोगिता आयोजक पश्चिमाञ्चल क्षेत्रीय खेलकूद विकास समितिका अध्यक्ष सम्पन्न श्रेष्ठले प्रतियोगितामा छात्र तथा छात्रा भलिबल, कबड्डी, एथलेटिक्स, कराँते, तेक्वान्दो र उसु खेलका विभिन्न इभेन्ट तथा तौल समूहमा गरी ४८ स्वर्ण, ४७ रजत र ६० कास्य गरी १५६ पदकमा प्रतिष्पर्धा हुने जानकारी दिएका छन ।

प्रदेशस्तरीय प्रतियोगिताबाट उत्कृष्ट खेलाडी यही असार २९, ३० र ३१ गते काठमाण्डौँमा आयोजना गरिएको केन्द्रीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागि हुने समितिले जनाएको छ ।

Gandaki Pradesh 11th Rastrapati Cup Games opening ceremony

Posted by PokharaSports.com on Wednesday, July 10, 2019

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close