
पोखरा स्पोर्टस । गण्डकी प्रदेशकै पहिलो निजी विद्यालय माउन्ट अन्नपूर्ण माध्यमिक बिद्यालयमा पाचौँ माउन्ट अन्नपूर्ण एसइई बास्केटबल प्रतियोगिता सुरू भएको छ ।
प्रतियोगिता सुरू भएकै दिन ७ खेल सम्पन्न भएको सो प्रतियोगिताका संयोजक अशोक कुमार शाहीले पोखरा स्पोर्टसलाई जानकारी दिएका छन् ।
सम्पन्न खेलहरुमा घान्द्रुक, जेपिटि, गलेश्वर निलो, त्रिसा शक्ति समाज, वियुजि, टिजी ब्रर्दर र मर्दिखोला बिजयी भएका छन् ।
सो प्रतियोगिताको पोखरा महानगरपालिका शिक्षा महाशाखाका अधिकृत जिवन रेग्मीले शुभारम्भ गरे । उनले बिद्यालयले शिक्षा संगै खेलकुदको क्षेत्रमा समेत उत्तिकै प्रभावकारी कार्य गरेको बताउँदै खेलकुदको माध्यमबाटनै अनुसासित र स्वस्थ विद्यार्थीको कल्पना गर्न सकिने जनाए ।
बिद्यालयका अतिरिक्त कार्यक्रम निर्देशक तेज बहादुर गुरुङले बिद्यालय गण्डकी प्रदेशकै पहिलो निजि स्तरबाट सञ्चालित भएका बताउँदै एसइई दिएर बसेका बिद्यार्थीहरुको फुर्सदको समयलाई रचनात्मक कार्यमा सदुपयोग गर्ने उद्धेश्यले खेलकुदको कार्यक्रम आयोजना गरिएको उल्लेख गरे ।
प्रिन्सिपल सइन्द्रराज श्रेष्ठले बिद्यालयले पठनपाठन सगैँ खेलकुद र अन्य अतिरिक्त क्रियाकलापमा सधै जोड दिदै यस्ता कार्यक्रमलाई निरन्तरता दिइने जनाए ।
कार्यक्रममा विद्यालयका पुर्व अध्यक्ष चिजकाजी गुरुङ, प्रोमोटर झम गुरुङ, समाजसेवी भूपालजङ कुवँर, नेपाल बास्केटबल संघका उपाध्क्षय जुम गुरुङ लगाएत वडा ३ मा रहेका बिभिन्न संघ संस्थाका प्रतिनिधिहरुको उल्लेख्य सहभागिता रहेको थियो ।
प्रतियोगितामा कुल २० टिमको सहभागिता रहेको छ । सो प्रतियोगिता १७ गते सम्म सञ्चालन हुने विद्यालयले जनाएको छ ।
