खेलकुद मन्त्रालयलाई ६ अर्ब ८ करोड बजेट विनियोजन

पोखरा स्पोर्टस । उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल संसदको संयुक्त बैठकमा आर्थिक बर्ष २०८२/८३ को बजेट प्रस्तुत गरेका छन् । 

अर्थमन्त्री पौडेलले खेलकुद तथा युवा मन्त्रालयका लागि आगामी आर्थिक वर्ष ६ अर्ब ८ करोड बजेट विनियोजन गरेको सम्वोधनका क्रममा बताएका छन् । अघिल्लो वर्षको भन्दा यो वर्षको बजेट २ करोड ५८ लाखले बढी हो । अघिल्लो आर्थिक वर्षमा युवा तथा खेलकुद क्षेत्रमा ३ अर्ब ५० करोड बजेट विनियोजन भएको थियो ।

देशभर ठूला क्रिकेट स्टेडियम निर्माणको घोषणा हुँदा बजेटमा अन्य खेलहरुलाई भने उपेक्षा गरिएको छ ।  

अर्थमन्त्री पौडेलले मुलपानी क्रिकेट मैदान, टियु क्रिकेट मैदान, विराटनगरको गिरिजाप्रसाद कोइराला क्रिकेट स्टेडियम, चितवनको गौतमबुद्ध क्रिकेट स्टेडियमका लागि बजेट विनियोजन गरेको बताए । 
एभरेष्ट न्यूज एजेन्सी

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close