नेपाल पर्यटन बोर्ड गण्डकीले फेवातालमा परम्परागत डुङ्गा दौड गर्ने

पोखरा स्पोर्टस । नेपाल पर्यटन बोर्ड, गण्डकी प्रदेश कार्यालयले पोखराका तालहरुमा सञ्चालन हुँदै आएका परम्परागत डुङ्गाहरुको संरक्षणका लागि भन्दै डुङ्गा दौड प्रतियोगिता आयोजना गर्ने भएको छ ।

पोखराको फेवातालमा राष्ट्रिय खुल्ला डुंगा दौड प्रतियोगिता फेवा डुंगा व्यवसायी संगठनको व्यवस्थानमा आगामी जेष्ठ १८ गते उक्त प्रतियोगिता हुने भएको हो । प्रतियोगिता अन्तर्गत महिला तथा पुरुषतर्फ खुल्ला दुई छृट्टा छुट्टै प्रतिस्पर्धा हुने नेपाल पर्यटन बोर्ड गण्डकीका कार्यालय प्रमुख मणीराज लामिछानेले जानकारी दिए ।

फेवातालका बारेमा राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा प्रचार प्रसार गर्ने, फेवातालमा हुन सक्ने भवितब्य घटनाबारे सचेतनामुलक जानकारी दिने, फेवातालको महत्व बुझाउन तथा पोखरामा पर्यटक भित्र्याउँदै पोखराको पर्यटन प्रवर्द्धन गर्ने उद्धेश्य समेत समेटिएको प्रमुख लामिछानेले बताए ।

महिलातर्फ बाराहीघाट देखि पारी लिच्चि गार्डेनसम्म जाने आउने जाने सहित झण्डै २ किलोमिटर तथा पुरुषतर्फ बाराहीघाट देखि पारी लेक हाउससम्म जाने आउने गरि झण्डै ३ किलोमिटरको दुरीमा प्रतिस्पर्धा गराइने व्यवस्थापन समितिका अध्यक्ष बलराम गिरीले जनाए ।

प्रतियोगितामा प्रथम हुने टिमले नगद ४० हजार, द्वितियले नगद ३० हजार, तृतियले नगद २० हजार तथा सान्त्वनास्थान हाँसिल गर्ने टिमले नगद १० हजार सहित मेडल, प्रमाण–पत्र पुरस्कार प्राप्त गर्नेछन् । पुरुषतर्फ २० टिम तथा महिलातर्फ १० टिमको सहभागिता रहने आयोजकको अपेक्षा छ । प्रत्येक टिममा तीन जना डुंगा चालक रहने छन् ।

प्रतियोगिता सफल पार्न फेवा डुंगा व्यवसायी संगठनका अध्यक्ष बलराम गिरीको अध्यक्षतामा मुल आयोजक समारोह तथा प्रतियोगिता संयोजक बत्ति गुरुङको संयोजकत्वमा विभिन्न १२ वटा उपसमितिहरु गठन गरिएको व्यवस्थापन समितिका सचिव शिव जिसीले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close