एनएसजेएफ केन्द्रीय टिमलाई पोखरामा स्वागत

पोखरा स्पोर्टस । नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) गण्डकीले नेपाल खेलकुद पत्रकार मञ्चका नवनिर्वाचित केन्द्रीय पदाधिकारीहरूलाई पोखरामा स्वागत गरेको छ ।

पोखरा रंगशालास्थित मिडिया सेन्टरमा आयोजित कार्यक्रममा एनएसजेफ गण्डकीका अध्यक्ष एमबि आस्थामगरले स्वागत गरेका हुन् । कार्यक्रममा एनएसजेफ गण्डकीका पदाधिकारीहरु, खेल पत्रकारहरु, सञ्चारकर्मी, खेलप्रेमीहरुको उपस्थिति रहेको थियो ।

कार्यक्रममा एनएसजेएफका नवनिर्वाचित अध्यक्ष निरञ्जन अधिकारी, वरिष्ठ उपाध्यक्ष प्रज्वल ओली, महासचिव अन्जन खड्का, पूर्वअध्यक्षहरु निरञ्जन राजवंशी, अजय फुयाललाई पोखरामा स्वागतसँगै बधाई ज्ञापन गरिएको हो ।

कार्यक्रममा एनएसजेफ गण्डकी अध्यक्ष एमबि आस्थाले नवनिर्वाचित टिमलाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्दै प्रदेश र केन्द्रको मञ्चबीच सहकार्य आवश्यक रहेको उल्लेख गरे । आगामी दिनका अझ बलिायो सहकार्य हुनुपर्नेमा उनको जोड थियो ।

नवनिर्वाचित अध्यक्ष अधिकारीले गण्डकी मञ्चको स्वागतका लागि आभार व्यक्त गर्दै पत्रकारिताको माध्यमबाट खेल क्षेत्रको विकासमा थप योगदान पुर्‍याउने प्रतिबद्धता जनाए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close