पिएम कप एनभिए भलिबल लिग : गण्डकी र हेल्प नेपालको दोस्रो जित

पोखरा स्पोर्टस । गण्डकी प्रदेश र टिपटप हेल्प नेपालले नवौं पिएम कप एनभिए लिगमा पुरुषतर्फ लगातार दोस्रो जित दर्ता गरेका छन् ।

पोखराको बहुउद्धेश्यिय कभर्डहलमा शुक्रबार भएको खेलमा गण्डकी प्रदेशले त्रिभुवन आर्मी क्लबलाई सोझो सेटमा पराजित गरेको हो । गण्डकीले आर्मीलाई २५–१९, २५–१७ र २५–१८ ले पराजित गर्दै लगातार दोस्रो जित निकाल्न सफल रह्यो ।

यसअघि गण्डकीले कोशी प्रदेशमाथि विजय हासिल गरेको थियो । आर्मीको भने यो लगातार दोस्रो हार हो ।

त्यस्तै, हेल्प नेपालले पनि सुदूरपश्चिम प्रदेशमाथि सोझो सेटमा जित निकाल्दै लगातार दोस्रो जित दर्ता गर्‍यो । हेल्प नेपालले २५–१९, २५–१७ र २५–१८ को नतिजा निकाल्दै उत्कृष्ट प्रदर्शन गर्‍यो । हेल्प नेपालले पहिलो दिनको खेलमा त्रिभुवन आर्मीलाई पनि ३–० को सेटमा हराएको थियो ।

अर्को खेलमा नेपाल पुलिस क्लबले कोशी प्रदेशमाथि एकपक्षीय जित निकाल्यो । पुलिसले कोशीलाई २५–१२, २५–२९ र २५–१५ ले हराउँदै दोस्रो जित दर्ता गर्‍यो । यसअघि पुलिसले मणि मुकुन्दलाई पराजित गरेको थियो ।

महिलातर्फ, साविक विजेता नेपाल पुलिस क्लबले सानदार सुरुवात गर्दै एभरेष्ट भलिबल क्लबलाई सोझो सेटमा पराजित गर्‍यो । पुलिसले २५–२९, २५–१८ र २५–१८ को जित निकाल्दै महत्वपूर्ण ३ अंक जोड्यो । एभरेष्टले यसअघि आर्मीलाई ३–१ ले हराएको थियो । जसअनुसार उसले दुई खेलमा एक जित र एक हार बेहोरेको छ ।

आजनै सम्पन्न अन्य खेलमा टिपटप न्यू डायमण्डले कर्णाली प्रदेशमाथि २५–१३, २५–१० र २५–१० को सहज जित निकाल्दै प्रतियोगितामा विजयी सुरुवात गरेको छ ।

नेपाल भलिबल संघको आयोजनामा जारी यो प्रतियोगिता एक सातासम्म चल्नेछ । प्रतियोगितामा महिलातर्फ ६ र पुरुषतर्फ ८ टोलीको सहभागिता छ । राउन्ड रोबिन चरणपछि शीर्ष चार टोली सेमिफाइनल प्रवेश गर्नेछन् ।

प्रतियोगिताका विजेता टोलीले ८ लाख, उपविजेताले ४ लाख र तेस्रो स्थान हासिल गर्ने टोलीले २ लाख रुपैयाँ प्राप्त गर्नेछन् । साथै, सर्वोत्कृष्ट खेलाडीले ५० हजार र विधागत उत्कृष्ट खेलाडीले २५ हजार रुपैयाँ पुरस्कार पाउनेछन् ।

महिला तथा पुरूष दुवैतर्फ विजेता टोलीले नेपाललाई प्रतिनिधित्व गर्दै काभा क्लब च्याम्पियन्स लिगमा प्रतिस्पर्धा गर्ने अवसर पाउनेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button
Close
Close