खेलकुद मन्त्री चौधरी द्वारा पोखरा रंगशाला निरिक्षण

पोखरा स्पोर्टस । यूवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीले बिहिबार पोखरा रंगशालाको निरिक्षण गरेका छन् ।

संघिय सरकारको १ करोडको खर्चमा भइरहेको मर्मत सम्भार सहितका अन्य विषयहरुका बारेमा मन्त्री चौधरीले जानकारी लिएका थिए । विशेष गरी पोखरा रंगशालाको रङ्ग रोङन, पोखरा रंगशालाको प्यारापिट, पोखरा रंगशाला क्रिकेट खेल मैदानको निरिक्षण गरी भइरहेको काम बारे जानकारी लिए ।

मन्त्री चौधरीले यथासिघ्र काम सक्न निर्देशन दिंदै अब प्रदेशमा रहेका सबै रङ्गशालाहरु प्रदेश खेलकुदहरुलाई हस्तान्तरण गर्ने गरी मन्त्रालयले थालनी गरेको बताए । उनले भने–“अब मन्त्रालय ढिलो गर्ने पक्षमा छैन । अब हामी चाँडै नै रंगशालाहरु प्रदेश खेलकुद परिषदलाई हस्तान्तरण गर्नेछौं ।”

मन्त्री चौधरीले पोखरा रंगशालास्थित क्रिकेट रंगशालामा भइरहेको कार्यको समेत अवलोकन गरे । उनले आगामी बजेटमा गरिने कार्यहरुको बारेमा समेत स्पष्टताका साथ अघि बढ्न निर्देशन दिए ।

सो अवसरमा राखेपका कार्यकारी सदस्य कमल भट्टाराई, प्रदेश खेलकुद परिषदका सदस्य सचिब श्रीधर शर्मा, जिल्ला खेलकुदका अध्यक्ष मिलन गुरूङ, इन्जिनियर अनिल अधिकारीलगायतको सहभागिता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close