प्रधानमन्त्री कप–एनभीए भलिबल लिग उद्घाटन खेलमा गण्डकी कोशी संग भिड्दै : यस्तो छ खेल तालिका

पोखरा स्पोर्टस । नवौं प्रधानमन्त्री कप–एनभीए महिला/पुरुष भलिबल लिग २०८२ भोलि (बिहीबार)देखि पोखरामा सुरु हुँदैछ । नेपाल भलिबल संघको आयोजनामा जेठ ८ देखि १५ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको खेल तालिका सार्वजनिक गरिएको छ ।

नेपाल भलिबल संघका उपाध्यक्ष याम बहादुर गुरूङका अनुसार, प्रतियोगिताको पहिलो खेल भोलि बिहान ८ बजे सुरु हुनेछ। पहिलो खेलमा महिलातर्फ नेपाल एपीएफ क्लब र कर्णाली प्रदेश आमनेसामने हुनेछन् । दोस्रो खेलमा एभरेष्ट भलिबल क्लब र त्रिभुवन आर्मी क्लब (TAC) बीच प्रतिस्पर्धा हुनेछ ।

त्यस्तै पुरुषतर्फ बिहिबार चार खेल सम्पन्न हुनेछन् । जसमा पहिलो खेल मध्यान्ह १२ बजे एपिएफ क्लब र सुदुर पश्चिम प्रदेशका बीच हुने छ भने दोस्रो खेल २ बजे हेल्पनेपाल स्पोर्टस क्लब र नेपाल आर्मी आमने सामने हुने छन् । त्यस्तै  उद्घाटन खेल ४ बजे घरेलु टोली गण्डकी र कोशी प्रदेशका बीच हुनेछ भने अन्तिम नेपाल पुलिस क्लबले मणीमुकुन्द क्लबको सामना गर्ने छ ।

पोखरामा पहिलो पटक हुन लागेको एनभिए भलिबल लिगको उद्घाटन नेपाल सरकारका यूवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीले गर्ने तय भएको संघका अध्यक्ष जितेन्द्र बहादुर चन्दले पोखरा स्पोर्टसलाई जानकारी दिए ।

प्रतियोगितामा पुरुषतर्फ नेपाल आर्मी, नेपाल पुलिस क्लब, एपीएफ क्लब, गण्डकी प्रदेश, कर्णाली प्रदेश, सुदूरपश्चिम प्रदेश, हेल्प नेपाल स्पोर्टस क्लब र कोशी प्रदेश गरी कुल ८ टोली रहेका छन् भने महिलातर्फ नेपाल आर्मी, नेपाल पुलिस, एपीएफ क्लब, न्यू डायमण्ड यूथ स्पोर्टस क्लब, एभरेष्ट भलिबल क्लब, र कर्णाली प्रदेश गरी ६ टोली सहभागी हुनेछन् ।

प्रतियोगितामा पुरुष तथा महिला दुवै समूहका विजेता टिमहरूलाई नगद पुरस्कार प्रदान गरिनेछ । दुबैतर्फका उपाधि बिजेताले जनही नगद रु ८/८ लाख, उपबिजेताले समान ४/४ लाख, तृतिय हुनेलाई समान नगद रु २/२ लाख, सर्वोत्कृष्ट खेलाडीलाई जनही नगद रु ५०/५० हजार र विद्यागत उत्कृष्ट खेलाडीहरुले जनही नगद रु २५/२५ हजार प्राप्त गर्नेछन् ।

करिब पुरस्कार राशीमा ३२ लाख खर्च हुने प्रतियोगिता सम्पन्न गर्न ९० लाख खर्च हुने आयोजकले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close