पोखरामा पहिलो पटक ‘राष्ट्रिय इन्डोर आर्चरी’ प्रतिस्पर्धा हुँदै

पोखरा स्पोर्टस । पोखरामा पहिलो पटक राष्ट्रिय इन्डोर आर्चरी प्रतिस्पर्धा हुने भएको छ ।

‘सातौं राष्ट्रिय इन्डोर आर्चरी प्रतियोगिता २०८२’ यहि जेठ २३ र २४ गते पोखरा रंगशालास्थित बहुउद्देश्यीय कभर्डहलमा आयोजना हुने गण्डकी प्रदेश आर्चरी संघका वरिष्ठ उपाध्यक्ष तथा प्रतियोगिता संयोजक योगेन्द्र शेरचनले जानकारी दिएका छन्।

राष्ट्रिय खेलकुद परिषद् (राखेप) र प्रदेश खेलकुद परिषद् गण्डकीको सहयोग, गण्डकी प्रदेश आर्चरी संघको आयोजना तथा नेपाल आर्चरी संघको प्राविधिक सहयोगमा प्रतियोगिता हुन लागेको हो ।

यो प्रतियोगिता आयोजना भए संगै गण्डकी प्रदेशको राजधानी पोखरामा इन्डोर आर्चरीको सम्भावनाको ढोका खोल्ने अपेक्षा गरिएको नेपाल आर्चरी संघका सचिब समेत् रहेका शेरचनले जानकारी दिए ।

प्रतियोगितामा मधेश प्रदेश बाहेक तीन विभागीय टोली र ६ प्रदेशका गरी करिब ७० देखि ९० जना खेलाडीहरूको सहभागिता रहनेछ ।

प्रतियोगितामा रिकर्व ओपन, कम्पाउण्ड ओपन र स्टाण्डर्ड ओपन महिला तथा पुरुषतर्फ इन्डिभिजुअल, टिम र मिक्स टिम गरी कुल १५ स्वर्ण, १५ रजत र १५ काश्य पदक गरी कुल ४५ पदकका लागि प्रतिस्पर्धा हुनेछ।

आयोजकका अनुसार सम्पूर्ण खेल वर्ल्ड आर्चरीको नियमअनुसार सञ्चालन गरिनेछ। प्रतियोगिताका लागि करिब १० लाख रुपैयाँको खर्च अनुमान गरिएको छ।

यो प्रतियोगिता इन्डोर आर्चरी खेललाई गण्डकी प्रदेशमा थप विस्तार र लोकप्रिय बनाउन महत्वपूर्ण ठानिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close