आँखा शिविरमा तीन सय ४७ जनाले आँखा जाँच गराए

पोखरा स्पोर्ट्स । मदन भण्डारी स्पोर्टस एकेडेमी गण्डकी प्रदेशको आयोजनामा सम्पन्न निःशुल्क आँखा शिविरमा तीन सय ४७ जनाले आँखा जाँच गराएका छन ।

३२ औं मदन आश्रीत स्मृति दिवसको अवसरमा हिमालय आँखा हस्पिटलको प्राविधिक सहयोगमा पोखरा रंगशालामा आयोजना गरिएको शिविरमा खेलाडी, खेल संस्थाका प्रतिनिधी, पत्रकार गरी तीन सय ४७ जनाले आँखा जाँच गरेको मदन भण्डारी स्पोर्टस एकेडेमी गण्डकी प्रदेशका अध्यक्ष गिरमान गुरुङले जानकारी दिए ।

गुरुङका अनुसार शिविरमा १ सय ९१ जनालाई औषधी वितरण, ३९ जनालाई चश्मा वितरण, मोतियाविन्दुको समस्या देखिएको ७ जना र अन्य ३९ जना र आँखामा मासु पलाएका ११ जनालाई हिमालय आँखा हस्पिटल घारीपाटन रिफर गरिएको छ ।

शिविरमा सहभागीहरुको दृष्टि विशेषज्ञहरु अनिश अधिकारी, रोष्ना भुजेल, झरना बुढा र रितिका किजु लगाएतले सहजीकरण गरेका थिए ।

यसअघि शिविरको उद्घाटन गर्दै पोखरा महानगरका उप प्रमुख मन्जुदेवी गुरुङले मदन भण्डारी स्पोर्टस एकेडेमीले खेलकुदको गतिविधी संगै सामाजिक उत्तरदायित्व वहन गर्ने गरी आँखा शिविरको आयोजना गरेकोमा आभार प्रकट गरिन ।

कार्यक्रमको सञ्चालन एकेडेमीका सचिव दिपक आचार्यले गरेका थिएभने कार्यक्रममा उपाध्यक्ष सुजन आचार्यले स्वागत मन्तब्य राखेका थिएभने केन्द्रीय सदस्य तथा पदाधिकारीहरुको उपस्थिती रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close