
पोखरा स्पोर्टस । नेपाली सेपाकताक्रो टोली मलेसिया जाने भएको छ । नेपाली टोलीले एशियन कप सेपाक्ताक्रो च्याम्पियनशिपमा सहभागिता जनाउने नेपाल सेपाकताक्रो संघले जनाएको छ ।
प्रतियोगिता यही बैशाख २६ गते देखि जेठ ४ गते (मे ९ –१८,२०२५) सम्म मलेसियाको क्वालालम्पुरमा हुने छ ।
प्रतियोगितामा ५ खेलाडीले प्रतिस्पर्धा जनाउने छन् । खेलाडीहरुमा सनम पूर्जापुन, दिपेश जंग थापा, अनिल जर्घा मगर, पदमबहादुर ठाडामगरर विजया महतो रहेका छन् भने टिम म्यानेजरमा गंगाबहादुर गुरुङ र प्रशिक्षकमा आशमाया गुरुङ रहेका छन ।
प्रतियोगितामा सहभागी हुने खेलाडीहरुलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङले सफलताको शुभकामना सहित विदाई गरे ।
