राष्ट्रिय हक्की प्रतियोगिता : आर्मी र गण्डकी उपाधि नजिक

पोखरा स्पोर्टस । नेपाल आर्मी र गण्डकी प्रदेश राष्ट्रिय पुरुष हक्की प्रतियोगितामा मंगलबार फाइनलमा प्रवेश गरेका छन् ।

च्यासल मैदानमा भएको पहिलो सेमिफाइनलमा आर्मीले नव प्रवेशी टोली एपीएफ क्लबलाई ६–० गोलले पराजित गर्दै उपाधि नजिक पुग्दा अर्को सेमिफाइनलमा गण्डकीले विभागिय टोली नेपाल प्रहरीलाई पेनाल्टी सुटआउटमा २–१ को गोलअन्तरले पाखा लगाउँदै आर्मी संग उपाधि भिडन्त पक्का गरेको हो ।

आर्मीलाई गण्डकी संग फाइनलमा भेट पक्का गर्न कासीराज राईले ह्याट्रिक गरे भने राजेन्द्र कार्कीले २ तथा प्रदीप राजवंशीले १ गोल थपे । आर्मीका देवसिंह धामी ‘प्लेयर अफ द म्याच’ घोषित भए ।

नेपाल हक्की संघद्वारा आयोजित प्रतियोगिताको अर्को सेमिफाइनलमा गण्डकीले नेपाल प्रहरीलाई पेनाल्टी सुटआउटमा २–१ को गोलअन्तरले पाखा लगायो । गण्डकीका जोसन राई ‘प्लेयर अफ द म्याच’ चुनिए । निर्धारित समयको खेल गोलरहित सकिएपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट गरिएको थियो ।

सुटआउटमा गण्डकीका संगम घर्ती मगर र अशिम बहिकले गोल गरे । विवेक गुरुङ, कुशल नेपाली र सोनु खान चुके । प्रहरीबाट सुरज बोहरा बाहेक अन्यले अवसरलाई सदुपयोग गर्न सकेनन् । नवराज खत्री, सुरेशप्रसाद जोशी, आयुश शाह र सुनिल राणाले गोल गर्न सकेनन् ।

प्रतियोगिता भोली (बुधबार) सम्पन्न हुनेछ । महिलातर्फ भने आर्मी बिजेता र गण्डकी उपविजेता बनेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close