जिल्ला खेलकुद बाग्लुङका अध्यक्ष कंडेल र कोषाध्यक्ष भण्डारीले लिए शपथ

पोखरा स्पोर्टस । जिल्ला खेलकुद विकास समिति बाग्लुङका अध्यक्ष कृष्ण प्रसाल कंडेल र कोषाध्यक्ष योगेश बहादुर भण्डारीले शपथ लिएका छन् । प्रदेश खेलकुद परिषद गण्डकीको कार्यालयमा उनीहरुलाई परिषदका सदस्य सचिब श्रीधर शर्माले पद तथा गोपनियताको शपथ ग्रहण गराएका हुन् । जिल्ला खेलकुदमा अध्यक्ष र कोषाध्यक्षको पद रिक्त रहेको थियो ।

समितिको उपाध्यक्ष र सचिव पदमा भने यस अघि नै मनोनयन भइसकेका छन् । उपाध्यक्षमा कल्पना श्रेष्ठ र सचिबमा किशोर थापा रहेका छन् । उनीहरु सबै प्रदेश खेलकुद विकास ऐन २०७७ तथा प्रदेश खेलकुद विकास नियमावली २०७८ अनुसार आगामी चार वर्षका लागि मनोनयन भएका हुन् ।

गण्डकी प्रदेशका जिल्ला खेलकुद विकास समितिहरु गत फागुन ९ गते रिक्त भएका थिए । सबै जिल्ला खेलकुदमा पदाधिकारी मनोनयन भए पनि सदस्यहरुमा भने मनोनयन हुन सकेको छैन ।

नव नवनियक्त अध्यक्ष कंडेल सितेरियो करातेका चौथो डान समेत् हुन् भने भण्डारी भलिबल खेल संग सम्वन्धित छन् ।

गण्डकी प्रदेश सांसद दिलमायाँ पौवीको उपस्थितीमा सम्पन्न शपथ ग्रहण कार्यक्रममा सदस्य सचिब शर्माले सफल कार्यकालको शुभकामना व्यक्त गर्दै परिषदको निर्देशनमा रहेर जिल्लाको खेल विकासमा कार्य गर्न आग्रह गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button
Close
Close