
पोखरा स्पोर्टस । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीको आयोजनामा हुने ‘नवौं पोखरा स्पोर्टस् अवार्ड २०८१’ लाई सफल बनाउन सहयोग आउने क्रम जारी छ ।
यही वैशाख २६ गते हुने अवार्डलाई सफल पार्न पछिल्लो क्रममा हिमश्री फुडले सहयोग गरेको हो । हिमश्री फुडका कार्यकारी निर्देशक प्रकाश केसी र मञ्चका अध्यक्ष एमबि आस्था मगर बीच ५० हजार सहयोग गर्ने समझदारी भएको छ ।
त्यस्तै प्रदेश फुटबल संघले समेत सहयोग गर्ने भएको छ । जिल्ला खेलकुद कास्कीका अध्यक्ष एवं प्रदेश फुटबल संघका वरिष्ठ उपाध्यक्ष मिलन गुरुङ, महासचिब विनोद गुरूङ र मञ्चका अध्यक्ष मगर बिच अवार्डलाई सफल बनाउन सहयोग गर्ने समझदारी भएको हो । समझदारी भए संगै प्रदेश फुटबल संघले अवार्डका लागि नगद रु ३५ हजार सहयोग गर्ने भएको छ ।
यसैक्रममा भूपू बक्सिङ संघ पोखराले पनि नगद ५ हजार सहयोग गरेको छ । सोमबार भूपू खेलाडी संघ पोखराका अध्यक्ष मोती प्रसाद गुरुङलगाएतले सहयोग प्रदान गरेका हुन् ।
यस्तै मञ्चका पूर्व अध्यक्ष प्रेमनारायण न्यौपानेले १५ हजार र फिट नेपालका प्रमुख भुगोल गुरुङले १० हजार सहयोग गरेका छन् । द यात्रा कोर्टयार्ड होटल लेडसाइडबाट सहयोगको प्रतिवद्धता होटलका सञ्चालक रामचन्द्र बहादुर भट्टराईले गरेका छन् भने ड्यामसाइडको होटल मुस्ताङ लेते थकाली किचनले सहयोगको प्रतिवद्धता जनाएको छ ।
