‘वाटा अन्तर्राष्ट्रिय तेक्वान्दो’मा नेपाललाई २ स्वर्ण

पोखरा स्पोर्टस। जापानको ओसाकामा आयोजना भएको २१औं वाटा अन्तर्राष्ट्रिय तेक्वान्दो च्याम्पियनसिपमा नेपालले दुई स्वर्ण पदक जितेको छ ।

आइतबार सम्पन्न प्रतियोगितामा नेपालका योगेशकुमार योगी र इन्जुमा राईले स्वर्ण पदक जितेका हुन् । च्याम्पियनसिपमा नेपालले तीन रजत र ६ कांस्य पदक पनि जित्यो । च्याम्पियनसिपमा योगेश १८ वर्षमाथिको पुम्से र महिला ५७ केजीमुनि तौल समूहमा स्वर्ण जितेका हुन् ।

यस्तै सिनियर पुरुष ६८ केजीमुनि तौल समूहमा विमल रोकाय, महिला १२ देखि १४ वर्ष उमेर समूहको महिला पुम्सेमा खुसी गौतम र सिनियर महिला पुम्सेमा मलिका घुलुले रजत पदक जिते ।

यस्तै महिला ४२ केजीमुनि डोल्मा लामा, पुरुष ७४ केजीमुनि चन्द्रप्रसाद गौतम, ५४ केजीमुनि अंकित गौतम र जुनियर ग्योरोगीको पुरुष ३३ केजीमुनि वीरेन्द्र हुमागाईंले कांस्य पदक जिते । यस्तै ग्योरोगीको महिला २९ केजीमुनि र १२ देखि १४ वर्ष उमेर समूहको एकल पुम्सेमा खुसी जोशीले दोहोरो कांस्य पदक जितिन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close