गण्डकीमा अलपत्र खेलकुद पूर्वाद्धार र हाइअल्टिच्यूडका लागि रकम विनियोजन गर्न ध्यानाकर्षण

पोखरा स्पोर्टस । प्रदेश खेलकुद परिषद गण्डकीका सदस्य सचिब श्रीधर शर्माले यूवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरी संग भेट गरी गण्डकी प्रदेशमा राष्ट्रिय खेलकुद परिषद (राखेप)ले निर्माण सम्पन्न नगरी अलपत्र छोडेका खेलकुद पुर्वाद्धार र मुस्ताङको वारागुङ, मुक्तिक्षेत्रमा हाइअल्टिच्यूड ट्रेनिङ सेन्टरका लागि बजेट विनियोजन गर्न ध्यानाकर्षण गरेका छन् ।

सदस्य सचिब शर्माले बुधबार मन्त्री चौधरी संग भेट गरी आव २०८२/०८३ को वार्षिक बजेटमा ति पूर्वाधार निर्माण सम्पन्न संगै गण्डकीका विभिन्न जिल्लामा रहेको कभर्डहरुको मर्मत सम्भार तथा पोखरा रंगशालास्थित क्रिकेट खेल मैदानको स्त्तरोन्नतीका लागि बजेट विनियोजन गर्न ध्यानाकर्षण गराएका हुन् ।

गण्डकी प्रदेश भित्र रहेका बिगत राखेपद्वारा निर्माण सुरूभइ जिर्ण, अधुरा र नयाँ खेलकुद पुर्बाधारहरुको मर्मत/सम्भार र निर्माणको बजेट ब्यवस्थापन तथा रास्ट्रिय खेलकुद बिकास ऐन २०७७, नियमावली २०७९ ले राखेपमा कार्यरत कर्मचारीहरुको समायोजनको सम्भावना, प्रक्रिया र ब्यवस्थापनको सम्बन्धमा अनुभव र सम्भावना सम्बन्धमा छलफल भएको सदस्य सचिब शर्माले उल्लेख गरे ।

पोखरा स्पोर्टस संग कुरा गर्दै सदस्य सचिब शर्माले गण्डकी प्रदेशका करिव एक दर्जन बढि निर्माण सुरू भइ अलपत्र रहेका कभर्डहलको निर्माण सम्पन्न गर्न ध्यानाकर्षण गरेको बताए । राखेपले निर्माण सुरू गरी अलपत्र छोडेका खेल पूर्वाद्धारहरु मध्ये कास्कीको भन्डारढिक कभर्डहल, नवलपुरको अरुङ्गखोलाको रंगशाला, डेढगाउ कभर्डहल, २८ बिगाहा कभर्डहल, राइनो मिनि रंगशाला, चोरमारा रंगशाला र बुलिङ्गटारको कभर्डहल, गैंडाकोट कभर्डहल र फुटसल समेत खेलमैदान, पर्बत कुस्माको कभर्डहल रहेका छन् ।

त्यस्तै म्याग्दी खुलामञ्चको खेलमैदान, बाग्लुङको खेलमैदान, लम्जुङ्ग बेशिशहरको खेलमैदान, गोर्खाको कभर्डहल र फुटबल खेलमैदान लगायत गण्डकी प्रदेशका ११ जिल्लाका कभर्डहल र खेलमैदानको मर्मत सम्भार निर्माणको लागि बजेट ब्यवस्थापनको लागि समेत ध्यानाकर्षण गराएको सदस्य सचिब शर्माले बताए ।

“मन्त्री ज्यू र सचिव ज्यू संग यो विषयमा गहन छलफल भएको छ”, सदस्य सचिब शर्माले भने–“मुस्ताङ वारावुङ्ग मुक्तिनाथमा निर्माणका लागि छुट्टाइएको हाइअल्टिच्यूड खेल मैदानको समेत मन्त्री ज्यूले विशेष चासोका साथ लिनु भयो ।” गण्डकी प्रदेश सरकारले (तत्कालिन मुख्यमन्त्री पृथ्वी सुव्वा गुरूङ) प्रदेश सरकार स्थापनाको पहिलो वर्ष प्रदेशलाई सहाशिक खेलकुदको केन्द्र बनाउने भन्दै करिव ३ हजार रोपनी क्षेत्रफलमा हाइअल्टिच्यूड खेल मैदान बनाउने निर्णय गरेको थियो ।

मन्त्रालयका सचिब डा.हरि प्रसाद लम्सालसहितको उपस्थितीमा भएको छलफलमा मुस्ताङको वारावुङ्ग मुक्तिनाथमा हाइअल्टिच्यूड खेल मैदान निर्माण सुरू गर्नका लागि रकम विनियोजन गर्न मन्त्रालय सकरात्मक रहेको सदस्य सचिब शर्माले पोखरा स्पोर्टसलाई जानकारी दिए । “सरकार यतिबेला खुद्रे आयोजना भन्दा पनि ठूला आयोजनामा रकम खर्चका लागि अघि बढेको देखिन्छ”, उनले भने–“त्यसैले पनि मुस्ताङको हाइअल्टिच्यूड सहजता र पहुँच हिसाबले उपयूक्त छ र निर्माण कार्यका लागि बजेट विनियोजन गरी अघि बढ्नुपर्छ भन्नेमा मन्त्रालय पुगेको छ ।”

यस संगै सदस्य सचिब शर्मा मंगलबार राखेपका सदस्य सचिब टंकलाल घिसिङ संग भेट गरी आगामी बजेटमा राखेपबाट हुने बजेट विनियोजनका बारे छलफल गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close