‘कुकिवन कप तेक्वान्दो’ प्रतियोगिता सुरू

पोखरा स्पोर्टस । नेपाल तेक्वान्दो संघ तथा कोरियास्थित विश्व तेक्वान्दोको मुख्यालय कुकिवनको संयुक्त आयोजनामा आजबाट ‘कुकिवन कप तेक्वान्दो’ प्रतियोगिता सुरू भएको छ ।

सातदोबाटो स्थित नेपाल तेक्वान्दो संघको केन्द्रिय तेक्वान्दो हलमा सुरू भएको प्रतियोगिताको एक कार्यक्रमका बीच यूवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरी र नेपाल स्थित कोरियाली राजदूत पार्क तेई योङले संयूक्त रुपमा उद्घाटन गरेका हुन् ।

सो अवसरमा बोल्दै मन्त्री चौधरीले खेल संघहरु गरिने विवादहरु मन्त्रालय र राखेपका लागि क्षम्य नहुने बताएका छन् । मन्त्री चौधरीले दुई राष्ट्रबिचको सम्बन्धलाई समेत अझ प्रगाढ बनाउन योगदान पुग्ने भएकोले प्रतियोगिताको खेलकुद क्षेत्रमा महत्व राख्ने उल्लेख गरे ।

वैशाख ६ गते सम्म सातदोबाटो स्थित तेक्वान्दो एकेडेमी हलमा कुकिवन कप तेक्वान्दो प्रतियोगिता २०२५मा नेपाल भरका तेक्वान्दो डोजाङ्ग तथा विभागीय तेक्वान्दो टिमहरुबाट ७ सय खेलाडीहरुले सहभागिता जनाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close