पदक विजेता बक्सिङ खेलाडीलाई महासंघको स्वागत

पोखरा स्पोर्टस । भुटानको राजधानी थिम्पु शहरमा सम्पन्न फोर नेसन्स कप बक्सिङ च्याम्पियनसिको पदक विजेता खेलाडीसहितको नेपाली टोली स्वदेश फएिको छ । उनीहरुको स्वागतको लागि नेपाल बक्सिङ महासंघका अध्यक्ष राम अवाले, महासचिव मानबहादुर भण्डारीसहितका पदाधिकारीले टोलीलाई त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेका हुन् ।

महिला ५० के.जी. तौल समुहमा नेपालको आरती बम्जनले भुटानका जामो जिग्दाललाई ५–० अंकमा पराजित गरी पहिलो स्वर्ण दिलाए । महिला ५२ केजि तैल समुहमा नेपालकी अस्मिता दुवालले भुटानकै डेमो नोर्नुलाई ५–० अंकको आधारमा पराजित गरी नेपाललाई दोश्रो स्वर्ण दिलाईन । त्यसैगरी महिला ५४ केजी तौल समुहमा नेपालक वर्षा श्रेष्ठले भुटानकै लामो तासीलाई ४–१ अंकको पराजित गरि तेस्रो स्वर्ण जित्न सफल भईन् ।

त्यसैगरी पुरुष तर्फ ४८ के. जी. तौल समुहमा नेपालका लाल प्रसाद उप्रेती भुटानका खेलाडी दोर्जे मिगरसंग ४ः१ अंककोआधारमा प्रतिस्पर्धात्मक हार ब्यहोरी दोस्रो भए । पुरुष ५१ के. जी. तौल समुहमा नेपालका लक्ष्मण राईले भारत (सिक्कीम) का कृष्ण कैलाश राईलाई ५ः० अंकको आधारमा पराजित गरी स्वर्ण जित्न सफल भए ।

त्यसैगरी पुरुष ५४ के.जी. तौल समुहमा नेपालले ठूलो आशा गरिएका चन्द्र बहादुर थापा वंगलादेशका खेलाडी महोमद उन्सोव संग ३–२ को प्रतिस्पर्धात्मक हार ब्यहोर्न पुगे । तिनै राउन्ड नै आफ्नो पक्षमा पार्दै रोचक खेल प्रदर्शन गरेका चन्द्रले अन्तीम राउन्डमा रेफ्रिको वार्निगं पाई अंक बराबर हुदा पुनः जजहरूले अंक दिदा ३ः२ ले पछि भई रजत पदकमा सिमित भए । यस अधि चन्दले सेमिफाइनलमा भारतका खेलाडीलाई ५–० ले हराई फाइनल पुगेका थिए ।

प्रशिक्षकमा प्रमुख प्रशिक्षक ओलम्पियन प्रविन तुलाधर, आईबा थ्री स्टार कोच दिपक महर्जनका साथमा सहयोगी प्रशिक्षकहरु उमेश कटुवाल र सन्दिप श्रेष्ठ थिए ।

साथै भुटान बक्सिङं संघको विशेष निमन्त्रणामा प्रतियोगिता सन्चालनको लागि टेक्निकल डेलिगेट हेडको रुपमा नेपालको पहिलो अन्तर्राष्ट्रिय टेक्निकल अफिसियल पुष्करराज पन्तलाई जिम्मेवारी दिएको थियो भने रेफ्रि/जजमा नेपालबाट आईबिए थ्री स्टार रेफ्री/जज धनकुमार मैनाली, टु स्टर रेफ्री÷जज सन्तोष आलेमगर, वान स्टार रेफ्री/जजहरु अनुराधा लामा, जिवन कवां र राजकुमार महर्जनले निर्णायकको भूमिका निर्वाह गरेका थिए । नेपालबाट सहभागी भएका स्कोरिङं अप्रेटर असिम न्यौपानेले स्कोरिङ अप्रेटरको भूमिका निर्वाह गरेको थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close