पोखरा एथलेटिक्स मिटः ५ हजार मिटरमा आर्मीका मुकेश र पूर्णलक्ष्मीलाई स्वर्ण

पोखरा स्पोर्टस । ‘पोखरा एथलेटिक्स मिट २०२५’ अन्तर्गत शनिबार सम्पन्न ५ हजार मिटर दौडमा विभागिय टोली नेपाल आर्मी क्लबका मुकेश बहादुर पाल र पूर्ण लक्ष्मी न्यौपानेले स्वर्ण पदक जितेका छन् ।

पोखरा रंगशालामा जारी ट्रयाक एण्ड फिल्ड ५ हजार मिटर दौडमा पुरुषतर्फ आर्मीका मुकेश बहादुर पालले १४ मिनेट २८.२ सेकेण्डमा पुरा गरी स्वर्ण पदक जितेका हुन् । उनको यो प्रदर्शन ‘पर्शनल वेष्ट’ समेत हो । मुकेशले १५०० मिटर दौडमा समेत स्वर्ण पदक जितेका थिए । 

यस्तै पुरुषतर्फ नै आर्मीकै गणेश सिंह रावतले रजत पदक जिते । उनले १४ मिनेट ५२.४ सेकेण्डको समयमा दौड पुरा गरे भने काश्य पदक हिमालयन इलाइट्सका मिङमार सिंह तामाङ १४ मिनेट ५७.०९ सेकेण्डमा दौड पुरा गरे ।

यता महिलातर्फ आर्मीकी पूर्णलक्ष्मीले १७ मिनेट १७.०१ सेकेण्डमा दौड पुरा गरी स्वर्ण पदक जितेकी हुन् । नेपाल एपिएफ क्लबकी आशा रावतले १८ मिनेट ००.१ सेकेण्डमा दौड पुरा गरी रजत पदक जित्दा एपिएफ कै दिपा परियारले १८ मिनेट २०.०९ सेकेण्डको समय लिंदै काश्य पदक जितिन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close