
पोखरा स्पोर्टस । राष्ट्रिय खेलकुद परिषद (राखेप)को १२२ औं बोर्ड बैठक यति बेला संघिय राजधानीमा काठमाण्डौमा चलिरहेको छ ।
१० औं राष्ट्रिय खेलकुद तयारीका लागि मुख्य एजेण्डा बनाइएको बैठकमा अन्ततः करिव–करिब स्थागित हुने भएको हो । २०८२ जेठ ३ गते देखि १० गते सम्म हुने भनिएको दशौं राष्ट्रिय खेलकुद यसअघि राखेपको ११८ औं बोर्ड बैठकले २०८१ साल चैत २३ देखि ३० गतेसम्म गर्ने निर्णय गरेको थियो ।
सोही बैठकले प्रथम राष्ट्रिय पारा खेलकुद २०८२ साल जेठ १७ देखि २१ गतेसम्म काठमाडौंमा गर्ने निर्णय गरेको थियो ।
कर्णाली प्रदेशको राजधानी सुर्खेतमा तय गरिएको दशौं राष्ट्रिय खेलकुद प्रतियोगिताको मिति नसार्न बैठकमा सहभागि रहेको विभिन्न प्रदेश खेलकुद परिषदका सदस्य सचिबहरुले दबाब दिएको बताएका छन् ।
तर धेरैले जेठको चर्को गर्मिमा खेलाडी र आयोजकलाई समेत समस्या पर्ने भन्दै उपयूक्त समयमा आयोजना गर्नु पर्ने सुझाव समेत दिएको बैठकमा सहभागि राखेपका सदस्यले बताए । यस बारे रोपको आधिकारीक धारणा आउन भने बाँकी छ ।
