छैटौं सृजनाकप छात्र भलिबल प्रतियोगिताः सेमीफाइनल समिकरण पूरा

पोखरा स्पोर्टस । पोखरामा जारी छैटौं सृजनाकप छात्र/छात्रा भलिबल प्रतियोगिताअन्तर्गत छात्रतर्फ क्वार्टरफाइनलका खेलहरू सम्पन्न भएका छन् । आज सम्पन्न भएका खेलहरूमा विजयी भएका चार विद्यालयले सेमीफाइनलमा स्थान सुरक्षित गरेका छन् ।

पहिलो क्वार्टरफाइनल खेलमा कालिका माध्यमिक विद्यालयले मेश्राम बराह माध्यमिक विद्यालयलाई सिधा सेटमा २५–१७ र २५–२२ को सेटमा पराजित गर्दै सेमीफाइनल यात्रा तय गरेको छ । दोस्रो खेलमा विश्वशान्ति माध्यमिक विद्यालयले शिवालय माध्यमिक विद्यालयलाई २५–१७, २५–१७ को सोझो सेटमा पराजित ग¥यो ।

तेस्रो क्वार्टरफाइनलमा राष्ट्रिय माध्यमिक विद्यालयले इन्द्रराज्य माध्यमिक विद्यालयमाथि २५–२२ र २५–२१ को जित निकाल्दै अन्तिम चारमा स्थान बनायो । यस्तै, अन्तिम क्वार्टरफाइनल खेलमा शान्त माध्यमिक विद्यालयले महारुद्र माध्यमिक विद्यालयलाई २५–१६ र २५–२१ ले हराउँदै सेमीफाइनलमा प्रवेश गरेको छ।

यता छात्रातर्फको उपाधि भिडन्तमा शान्त मावि र कन्या माविले स्थान पक्का गरेका छन् । आज भएको सेमीफाइनलमा शान्त माविले जनप्रियलाई २–१ को सेटमा पराजित गर्दा अर्को सेमीफाइनलमा ३–१ को सेटमा पराजित गरेको छ । प्रतिस्पर्धात्मक खेलमा शान्त माविले २५–११, २५–९ र २५–१२ ले पराजित गरेको हो । त्यस्तै कन्यमा माविले छोरेपाटनलाई २५–१५, २५–१७, २२–२५ र २५–२० ले जित निकाल्दै उपाधि नजिक पुगेको छ ।

त्यस्तै छात्रातर्फ तेश्रो स्थान छोरेपाटन माविले हात पारेको छ । निकै प्रतिस्पर्धात्मक खेलमा छोरेपाटनले जनप्रियलाई (३–२) २६–२४, २५–२३, २२–२५, १३–२५ र १६–१४ ले पराजित गरेको छ ।

कास्की जिल्ला भलिबल संघ र सृजना विकास केन्द्रको संयुक्त आयोजनामा जारी प्रतियोगिता भोली सम्पन्न हुने कास्की भलिबलका महासचिब टंकराज पौडेलले पोखरा स्पोर्टसलाई जानकारी दिए । प्रतियोगितामा छात्रतर्फ उपाधि बिजेताले नगद १ लाख र उपविजेताले नगद रु ६० हजार, तृतियले ३५ हजार तथा छात्रतर्फ बिजेताले ७५ हजार उपविजेताले नगद रु ५० हजार एवं तृतियले नगद रु २५ हजारका साथमा ट्रफी, मेडल तथा प्रमाणपत्र प्राप्त गर्ने कास्की जिल्ला भलिबल संघका अध्यक्ष विष्णु गुरूङले जानकारी दिए ।

त्यस्तै प्रतियोगितामा सर्वोत्कृष्ट छात्र/छात्रालाई ट्रफीका साथमा नगद रु ५५ हजार तथा अन्य विद्यागत उत्कृष्टहरुलाई एक–एक थान भलिबल प्रदान गरिने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close