पोखरामा सुरू भयो क्रिकेट अम्यायर/स्कोररहरुको दुई दिने कार्यशाला

पोखरा स्पोर्टस । पोखरामा क्रिकेट अम्पायर/स्कोररहरुका लागि दुई दिने कार्यशाला गोष्ठि सुरू भएको छ । कास्की जिल्ला क्रिकेट संघको आयोजनामा उक्त कार्यक्रम सुरू भएको हो । उद्घाटन अवसरमा बोल्दै प्रदेश खेलकुद परिषद गण्डकीका महाशाखा प्रमुख राम प्रसाद आचार्यले यस प्रकारका प्रशिक्षणले यूवाहरुलाई व्यवसायिक खेलकुद विकासका लागि भूमिका खेल्ने बताए ।

वर्तमान समयमा सबै जिल्लामा क्रिकेट खेलको ‘क्रेज’ बढ्दै गएकोले त्यसका लागि आवश्यक प्राविधिक जनशक्ति उत्पादनका लागि कार्यक्रमको महत्व रहेको जनाउँदै आफूले सिकेको शिपलाई खेलकुद विकासका लागि अघि बढाउन महाशाखा प्रमुख आचार्यले आग्रह गरे ।

प्रादेशिक क्रिकेट संघका अध्यक्ष सञ्जयकान्त सिग्देलको अध्यक्षतामा भएको कार्यक्रममा पोखरा क्रिकेट एकेडेमीका बविन कुंवरलगायतले आफ्ना भनाई राखेका थिए ।

दुई दिन सम्म सञ्चालन हुने कार्यशालालाई एमसिसिको च्यारिटी संस्था किडास फाउन्डेशनले सहयोग गरेको छ भने कार्यशालाको संयोजन पोखरा क्रिकेट एकेडेमीले गरेको छ । साथै प्रादेशिक क्रिकेट संघ गण्डकीले प्राविधिक सहयोग गरेको छ ।

सो कार्यशालामा कास्कीका २५ जनाको सहभागिता रहेको अध्यक्ष सिग्देलले जानकारी दिए । उनीहरुलाई इन्टरनेशनल अम्पायर समेत रहेको सिग्देल, राष्ट्रिय अम्यायर भोजराज बराल र स्कोरिङ सम्वन्धि आशिष बरालले प्रशिक्षण दिनेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button
Close
Close