नेपाल ह्याण्डबल संघको निर्वाचन स्थगित, निर्वाचन समितिनै विभाजित

पोखरा स्पोर्टस । नेपाल ह्याण्डबल संघको शनिबार बोलाइएको केन्द्रिय निर्वाचन स्थगित भएको छ ।

राष्टिय खेलकुद परिषद र नेपाल ओलम्पिक कमिटिको सहमतिमा एक वर्ष अघि गठित निर्वाचन समितिले आज निर्वाचनका लागि आह्वान गर्दै सूचना प्रकाशित गरे पनि अन्तिम समयमा प्रतिनिधिको विषयलाई लिएर समितिनै विभाजित हुँदै ४ जना सदस्यहरु वहिस्कार गर्दै बाहिरिए पछि निर्वाचन स्थगन भएको हो ।

देशभरबाट निर्वाचनका लागि प्रदेश र जिल्ला प्रतिनिधिहरु कार्यक्रमस्थल अन्तर्राष्ट्रिय खेल परिसर सातदोवाटोमा भेला भए पनि विभाजित बनेको तीन सदस्यीय निर्वाचन समितिले आफू खुसी निर्वाचन गर्न थाले संगै पाँच प्रदेशका अध्यक्ष र जिल्लाका प्रतिनिधिहरुले निर्वाचन बहिस्कार गर्दै हल बाट बाहिरिएका थिए ।

निर्वाचन समितिले सिण्डीकेट रुपमा कुनै व्यक्तिलाई अध्यक्ष बनाउने गरी योजनावद्ध रुपमा निर्वाचन गर्न लागेको थाहा पाए संगै प्रदेश र जिल्लाका प्रतिनिधिहरु समिति विरुद्ध आवाज उठाउँदै बाहिरिएका थिए ।

प्रदेश र जिल्लाका प्रतिनिधिहरुले निर्वाचन समितिले निष्पक्ष रुपमा निर्वाचन गर्न नसक्ने बताउँदै उनीहरुले नेपाल ह्याण्डबल संघको जारी विधानमा समेत असहमति जनाएका थिए । उनीहरुले भनेका थिए–“निर्वाचन समिति आफैमा विभाजित छ । व्यवस्थापन पक्ष समेत फितलो छ । यसमा हाम्रो गम्भीर असहमति छ । न त परिषदले पत्र दिएको छ । नत परिषदले निर्वाचन गर्न कर्मचारी खटाएको छ ।”

निर्वाचनका लागि गठित सात सदस्यीय समिति मध्ये ४ जना सदस्यले निर्वाचन समितिकी संयोजक कुशुम श्रेष्ठले मनोमानी रुपमा जिल्ला संघहरु गठन गरी प्रतिनिधि थप गरेको विषयमा समेत गम्भिर असहमति जनाएको विषय नै निर्वाचनको मुख्य विषय बन्न पुग्यो । प्रदेश र जिल्लाबाट गएका प्रतिनिधिहरुले संयोजक श्रेष्ठसहितको तीन सदस्यीय टोलीले मनोमानी रुपमा प्रतिनिधि छनौट गरेको आरोप सहभागी प्रतिनिधिहरुले लगाए ।

निर्वाचन समितिका सदस्यहरुले प्रदेश ह्याण्डबल संघलाई थाहा नै नदिई जिल्ला–जिल्लामा संघ गठन गरेको आरोप लगाउँदै आफ्नो पक्षमा निर्वाचन गरी नेतृत्व हत्याउन सबै प्रकार हत्कण्डा प्रयोग गरेको आरोप समेत सहभागि प्रतिनिधिहरुले लगाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close