
पोखरा स्पोर्टस । विश्व कप सेपाकताक्रो च्याम्पियनशिपमा सहभागी हुने खेलाडीहरुलाई बिदाई गरिएको छ ।
उक्त प्रतियोगिता भारतको बिहारमा यहि चैत्र ७ देखि १२ गते (मार्च २०–२५,२०२५) सम्म हुने भएको छ । च्याम्पियिनसिपमा नेपालबाट सात जना महिला र पाँच जना पुरुष खेलाडी सहभागी हुने छन् ।
प्रतियोगितामा पुरुषतर्फ रोशन तामाङ, रविन भट्टराई, दिपेशजंग थापा, अनिल जर्गामगर, सनम पुर्जापुन रहेका छन् । पुरुषतर्फको प्रशिक्षकमा शिव बहादुर राना र म्यानेजर जितेन्द्र थापामगर रहेका छन् ।
त्यस्तै महिलातर्फ सुमित्रा डंगोल, चन्द्रा चौधरी, इनु चौधरी, उषा महर्जन, निरु थापामगर, नैना रानामगर, स्वस्तिका श्रेष्ठले सहभागिता जनाउने छन् । महिलातर्फको प्रशिक्षकमा श्याम बहादुर श्रेष्ठ टिम म्यानेजरमा सिता सुवेदी रहेका छन् ।
यसै गरी रेफ्रिको भूमिकामा सोममाया थापामगर र सूर्य बहादुर लिम्वु तथा टेक्निकल अफीसर नेशिर मास्केले सहभागिता जनाउँदै छन् ।
भारत प्रस्थान गर्नु अघि खेलाडीहरुलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङले विदाई गरे ।
