
पोखरा स्पोर्टस । सारिरिक सुगठन खेलको विकास एवं सामाजिक क्षेत्रमा कृयाशिल संस्था बुल्समेन क्लबको सल्लाहकारमा वकिल केसीलाई मनोनयन गरेको छ ।
क्लबका अध्यक्ष नुना गुरूङका अनुसार खेलकुद र सामाजिक सेवामा कृयाशिल केसीलाई सल्लाहकारमा मनोनयन गरेको जनाएका छन् । सल्लाहकारमा मनोनयन भएका केसीले क्लबले सुरू गरेको अक्षयकोष अभियानका लागि आफ्नो तर्फबाट नगद ३० हजार प्रदान गरेका छन् ।
म्याग्दी रघुगंगा हाल पोखरा १५ निवासी केसी पोर्चुगललाई कर्मथलो बनाएका छन् ।
अध्यक्ष गुरूङले क्लबको सल्लाहकारमा केसीको मनोनयनले उर्जा प्राप्त हुने बताउँदै पोर्चुगलमा क्लबले एक आजिवन सदस्य प्राप्त गरेको बताए । उनले भने–“हामीले उहाँ जस्तो खेलकुद प्रति चासो राख्ने व्यक्तित्व पाएका छौं । उहाँको आवद्धताले क्लबलाई अझै गतिशिल बनाउन सहयोग पुग्नेछ ।”
क्लबलाई आर्थिक रुपमा बलियो बनाउने अभियानअन्तर्गत अक्षयकोष स्थापना र आजिवन सदस्यताको कार्यक्रमलाई अघि बढाएको छ । सो अक्षयकोषमा अभियानमा क्लबका संस्थापक इश्वर गुरूङले नगद १ लाख दिएर शुभारम्भ गरेका थिए ।
