विदेशमा पुगेर एनओसीको समस्या समाधान उन्मुखतर्फ

पोखरा स्पोर्टस । नेपाल ओलम्पिक कमिटिको निर्वाचनको विषयलाई लिएर भएको विवाद अब समाधान उन्मुखतर्फ अघि बढेको छ ।

नेपाल ओलम्पिकको बिवाद समाधान नेपालमा भने भएको होइन । ओलम्पिक काउन्सिल अफ एसिया (ओसिए)को मुख्यालयमा एनओसीको निर्वाचन विरुद्ध मुद्धा दर्ता गर्ने खेल संघका पदाधिकारी र एनओसीका अध्यक्ष जिवनराम श्रेष्ठ बीच समस्या समाधान गर्ने सहमति भएको हो ।

विषय समाधान हुने कुरा ठूलो नभए पनि स्वदेशमा नै बसेर हुनु पर्ने समस्याको समाधान सात समुद्र पारी पुग्नुले नेपाली खेलकुद क्षेत्र अचम्भित भएको छ । अन्ततः पदका लागि मरिहत्ते गर्ने सात खेल संघका अध्यक्षहरुको विषय, राष्ट्रिय खेलकुद परिषद र यूवा तथा खेलकुद मन्त्रालयले बोकेर हिँडदा उनीहरुको समेत काँध गन्हायाएको आभास नेपाली खेलकुद क्षेत्रले गरेको छ । अचम्भ त के भने एनओसीमा अध्यक्ष पदमा पराजित भएका पूर्व महासचिव निलेन्द्रराज श्रेष्ठ समेत कुवेत पुग्नुले श्रेष्ठलाई शक्तिको पुजारीको रुपमा नेपाली खेलकुद क्षेत्रले चित्रित गरेको छ । 

एनओसीका अध्यक्ष जिवनराम श्रेष्ठले आफू निर्वाचित भए पछि पहिलो पटक हस्ताक्षर गरेको प्रेश विज्ञप्तीमा यो सम्झौताले ओलम्पिकको बिवाद समाधान भएको जनाएका छन् ।

सम्झौता अनुसार एनओसीको निर्वाचनको विषयलाई लिएर अदालत पुगेकाहरूमा नेपाल मोडर्न पेन्टाथलन संघका अध्यक्ष राजेन्द्र श्रेष्ठ, नेपाल इक्वेस्ट्रियन संघका अध्यक्ष रबी राजकर्णिकार, नेपाल रग्बी संघका अध्यक्ष दिपक देवकोटा, नेपाल स्केटिङ र स्केटबोर्डिङ संघका अध्यक्ष अच्युत खनाल र नेपाल बेसबल तथा सफ्टबल संघका अध्यक्ष दिपक न्यौपाने रहेका थिए ।

ओसिएका महानिर्देशक हुसैन अल मुसल्लम, एनओसीका अध्यक्ष जिवनराम श्रेष्ठ र एनओसीका पूर्व महासचिव निलेन्द्रराज श्रेष्ठसहित असन्तुष्ट संघका पदाधिकारीहरुको सहित भएको छलफलमा असन्तुष्ट पक्षले एनओसीको अदालतमा विचाराधिन मुद्धा विना शर्त फिर्ता लिने तथा एनओसीले १५ दिन भित्र विशेष साधारण सभा बोलाउने सहमति भएको छ ।

विषय समाधान हुने कुरा ठूलो नभए पनि स्वदेशमा नै बसेर हुनु पर्ने समस्याको समाधान सात समुद्र पारी पुग्नुले नेपाली खेलकुद क्षेत्र अचम्भित भएको छ । अन्ततः पदका लागि मरिहत्ते गर्ने सात खेल संघका अध्यक्षहरुको विषय, राष्ट्रिय खेलकुद परिषद र यूवा तथा खेलकुद मन्त्रालयले बोकेर हिँडदा उनीहरुको समेत काँध गन्हायाएको आभास नेपाली खेलकुद क्षेत्रले गरेको छ । अचम्भ त के भने एनओसी  निर्वाचनमा अध्यक्ष पदमा पराजित भएका पूर्व महासचिव निलेन्द्रराज श्रेष्ठ समेत कुवेत पुग्नुले श्रेष्ठलाई शक्तिको पुजारीको रुपमा नेपाली खेलकुद क्षेत्रले चित्रित गरेको छ । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close