जुनियर राष्ट्रिय कराते सुरु

पोखरा स्पोर्टस । पाको–नेपाल क्योकुसिन कराते संघको आयोजनामा दोश्रो जुनियर राष्ट्रिय कराते प्रतियोगिता सिनामगंगलस्थित अन्नपूर्ण विनायक स्कुलमा शुक्रबारदेखि सुरु भएको छ ।

प्रतियोगिताको राष्ट्रिय खेलकुद परिषद् (राखेप) कार्यकारी समितिकी सदस्य सुवर्ण श्रेष्ठले एक कार्यक्रमबीच उद्घाटन गरिन् ।

प्रतियोगितामा कोशी प्रदेश, बागमती प्रदेश, मधेश प्रदेश र कर्णाली प्रदेशबाट २ सय ८५ खेलाडीको सहभागिता रहेको आयोजक संघकी ब्रान्च चिफ सन्जु महर्जनले जनाएकी छन् ।

टिममा शीर्ष चार स्थानमा रहनेले क्रमशः २५ हजार, १५ हजार, १० हजार र ५ हजार नगद पुरस्कार पाउने छन् । पुरुष÷महिलामा समान ७–७ गरी १४ स्पर्धामा प्रतिस्पर्धा भइरहेको छ ।

उद्घाटनका अवसरमा कार्यकारी समितिकी सदस्य श्रेष्ठ र राखेपका सदस्य जगतसिंह धामीलाई सम्मान गरिएको थियो । प्रतियोगिता शनिबार सम्पन्न हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close